जनता टाइम्स

६ भाद्र २०७९, सोमबार १४:४०

प्युठान जिप दुर्घटनामा ९ घाइते


दाङ, ६ भदौ । प्यूठानमा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

दाङको भालुवाङबाट प्यूठान बाग्दुला तर्फ जादै गरेको लु २ ख ३५६९ नम्बरको गाडी सरुमारानी गाउँपालिका(४ कुडुलेमा दुर्घटना भएको हो ।

घाइतेमध्ये १ जनाको अबस्था गम्भीर छ भने अन्य ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

घाइतेहरुलाई उद्धारपछि ६ जनालाई उपचारका लागि बुटवल पठाइएको छ । बाँकी तीन जनाको भने प्युठानको साझा पोलिक्लिनमा उपचार भइरहेको छ ।