काठमाडौं, भदौ ८ । काठमाडौं महानगरपालिकाले जिल्ला अदालत काठमाडौंलाई नक्सा पास भएको विवरण पठाउनका अल्टिमेटमसहितको पत्र काटेको छ । महानगरपालिकाले जिल्ला अदालत काठमाडौंको भवनको नक्सा पास नभेटिएको जनाउँदै प्रमाण पठाउन निर्देशन दिएको हो ।
महानगरको यो निर्णयसँगै का प्रमुख बालेन्द्र शाह (बालेन) कानून कार्यान्वयको बिषयमा कठोर कदम चाल्ने योजनासहित एक्शनमा उत्रनुभएको संकेत मिलेको छ । ’हामीले काठमाडौं जिल्ला अदालतको भवनको नक्सा पास भएको अभिलेख भेटाएका छैनौं । नक्सा पासको विवरण पठाउन भनेर पत्र काटेका छौं,’ महानगरपालिकाका भवन निर्माण विभागका प्रमुख सुरज शाक्यले भन्नुभयो ।
महानगरपालिकाले अदालतको भवनको नक्सा पास भएको नपाएको जनाउँदै अदालतलाई त्यसको विवरण पठाउन भन्दै पत्र लेखेको हो । नक्सा पास नभएको पाइए कानुनी रुपमा अगाडि बढ्ने महानगरले जनाएको छ ।
महानगरपालिकाको अभिलेखमा जिल्ला अदालतको भवनको नक्सा पास सम्बन्धमा कुनै पनि कागाजात नभेटेपछि अदालतलाई पत्र काट्दै विवरण पठाउन भनेको हो । भवन विभाग प्रमुख श्रेष्ठले भन्नुभयो,’ अदालतको नक्सा पास भएको हामीले प्रमाण भेटेनौं । हामीले पत्र काटेर त्यसको जानकारी दिन भनेका छौं । यदि छैन भने कानुनी प्रक्रिया अगाडि बढाउँछौं ।’
आज बिहान न्युरोडमा अनधिकृत रुपमा निर्माण गरिएको सरचना हटाउने क्रममा मेयर बालेन्द्र शाहले नक्सा पास नगरी बनाइएका संरचना हटाउने घोषणा गर्नुभएको थियो । मेयर साहले अदालतको भवनको नक्सा पास भएको नभेटिएकाले पत्र काटेको जानकारी दिनुभएको हो । महानगरले आज मापदण्डबिपरित भवन बनाएको भन्दै न्यूरोडको आरवी कम्प्लेक्समा डोजर चलाएको छ ।













प्रतिक्रिया दिनुहोस्