जनता टाइम्स

८ भाद्र २०७९, बुधबार २१:१७

प्रधानमन्त्रीले कांग्रेस नेतासँग सोधे : राष्ट्रपति राजीनामा दिने मूडमा हुनुहुन्छ, अब के गर्ने ?


काठमाडौं, भदौ ८ । प्रधानमन्त्री शेरबहादुर देउवाले पुनर्बिचारका लागि फिर्ता पठाइएको नागरिकता बिद्येयक जस्ताको तस्तै पारित गरेपछि राष्ट्रपति बिद्यादेवी भण्डारी राजीनामा दिने मनस्थितिमा पुग्नुभएको जानकारी दिनुभएको छ ।

कांग्रेस नेताहरुसँग आज प्रधानमन्त्री देउवाले राष्ट्रपति राजीनामा दिने मुडमा हुनुहुन्छ । अव के गर्ने भन्दै प्रश्न गर्नुभएको हो । अरु दलका नेताहरु हिंडेपछि कांग्रेस सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले अज बिहान बसेको गठबन्धनको बैठकपछि बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग यो खुलासा गर्नुभएको हो ।

‘राष्ट्रपति राजीनामा दिन्छु भनिरहनुभएको छ । दिने मूडमै हुनुहुन्छ भन्ने बुझें मैले । अब के गर्ने ?’ चार नेतासँग देउवाको भनाई उधृत गर्दै बालुवाटार स्रोतले भन्यो । बैठकमा सहभागी कांग्रेसका एक शीर्ष नेताका अनुसार राष्ट्रपतिको सम्भावित राजीनामा कदमबारे देउवा केही तनावमा देखिनुभएको थियो ।

राष्ट्रपति भण्डारीको कार्यकाल सकिन लागेको र नागरिकता विधेयकजस्तो संवेदनशील मुद्दामा राष्ट्रप्रमुख नै तानिने अवस्थामा यो मुद्दा आउँदो चुनावको सबैभन्दा गम्भीर सवाल बन्न सक्ने भन्दै देउवाले सुझाव माग्नुभएको बैठकमा सहभागी एक नेताको भनाई छ ।