जनता टाइम्स

९ भाद्र २०७९, बिहीबार १४:४३

कांग्रेसले एमालेविरुद्ध कम्युनिस्ट प्रयोग गर्‍यो, वाममोर्चा बनाऔं १५० सिट जितिन्छ (पूर्णपाठसहित)


काठमाडौँ, ९ भदौ । एमाले स्थायी कमिटी सदस्य घनश्याम भूसालले एमालेको नेतृत्वमा पुनः वाम वर्चस्व स्थापनाका लागि भन्दै पार्टीमा प्रस्ताव पेस गर्नूभएको छ । एमालेको गत स्थायी कमिटी बैठकमा उहाँले उनले अध्यक्ष केपी ओलीलाई सम्बोधन गर्दै प्रस्ताव पेस गर्नुभएको छ।

चुनावी रणनीति तय गर्न बिहीबार एमालेको पोलिटब्युरो बैठक बसिरहेको छ।भूसालले वामपन्थी मोर्चा बनाएर चुनावमा गए पुनः बलियो शक्ति बन्ने दाबी गर्नुभएको छ। उनले १६५ मध्ये वाममोर्चाले १५० सिट जित्न सक्ने दावी गर्नुभएको छ । कम्युनिस्ट पार्टीमा आएकै विभाजनले १५० स्थानीय तह गुमेको उहाँले बताउनुभएको छ । उहाँले भन्नुभएको छ –अहिले नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीसमेतले जितेका स्थानीय तह जम्मा ३४७ छन् ।

कम्तीमा १५० स्थानीय तह कम्युनिस्ट पार्टीको विभाजनका कारणले गुमेका छन् । त्यो क्षति हामी बाँचेका सबै कम्युनिस्टको नालायकी हो । फेरि निर्वाचन आउँदै छ । स्थानीय तहको परिणामका आधारमा हेर्दा वाममोर्चा बनेको अवस्थामा संघीय संसद्को निर्वाचनमा प्रत्यक्षतर्फका १६५ सिटमा करिब १५० सिटसम्म ल्याउन सक्ने देखिन्छ । त्यसको अर्थ संसद्‍मा दुई तिहाईभन्दा बढी हो । वाममोर्चा नबन्दा कम्युनिष्ट पार्टीले गुमाउने कुरा छर्लङ्गै छ ।