जनता टाइम्स

११ भाद्र २०७९, शनिबार १४:११

एमालेमा साझा मत : समानुपातिकलाई दोहोर्याउनु हुन्न


काठमाडौ, भदौ ११ नेकपा एमालेको जारी केन्द्रीय कमिटीको बैठकमा सबै प्रदेशका अध्यक्षहरुको रिर्पोटिङ सकिएको अध्यक्षकेपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमा सुझावहरु दिदै सबै समुहका टोली नेताहरुले एक पटक समानुपातिकको अवसरपाइसकेकालाई नदोहोर्याउन सुझाव दिएका छन्

एक केन्द्रीय सदस्य गीता कार्कीले दिएका जानकारी अनुसार एमाले सरकारमा हुँदा नियुक्ती वा अवसर पाएकाहरुलाई पनि तत्कालसाँसदका लागि सिफारिस गर्न नहुने सुझाव प्रदेश अध्यक्षहरुले दिएका छन्

स्थानीय तहको निर्वाचनमा उम्मेद्वार भएर पराजित भएकाको हकमा जनताले एक प्रकारको मनोविज्ञान बनाइसकेको हुनाले उनीहरुलाईअहिले उम्मेद्वार बनाउनु नहुने सुझाव बैठकमा पेश गरिएको

समुहगत छलफलमा प्रदेशका इन्चार्जहरु क्रमश प्रदेश बाट देवराज घिमिरे, मधेशप्रदेशबाट रामऔतार यादव, बागमतीबाट काशीनाथअधिकारी, गण्डकीबाट गोविन्द्यबहादुर नेपालीले समुहगत छलफलको निष्कर्ष सुनाउनु भएको थियो यसैगरी कर्णालीबाट यामलालकडेल,सुदुरपश्चिमबाट लेखराज भट्ले समुहगत छलफलका निष्कर्ष सुनाउनु भएको थियो

यस्तै जनसंगठनका तर्फबाट भानुभक्त ढकाल,केन्द्रीय विभागका टोपबहादुर रायमाझीले सुझावहरु प्रष्तुत गर्नुभएको थियो