जनता टाइम्स

११ भाद्र २०७९, शनिबार १६:२१

चुनावपछिको प्रधानमन्त्री केपी ओली


काठमाडौं, भदौ ११ । नेकपा एमालेले आगामी निर्वाचनमा पार्टीको तर्फबाट प्रधानमन्त्रीको एकल उम्मेदवारका रुपमा अध्यक्ष केपी शर्मा ओलीलाई अघि सार्ने निर्णय गरेको छ ।

आज सम्पन्न केन्द्रीय कमिटीको बैठकले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा लिएर चुनावमा जाने निर्णय गरेको हो ।

बैठकमा उपमहासचिव प्रदिप ज्ञवालीले प्रस्तावहरु सुनाउदै अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा प्रस्तुत गर्नुभएको थियो । ज्ञवालीको प्रस्तावलाई सर्वसम्मत रुपमा बैठकले निर्णयका रुपमा पारित गरेको हो ।

बैठकले उम्मेदवार सिफारिसका लागि आवश्यक मापदण्डहरुसहित जिल्ला र क्षेत्रीय कमिटीहरुलाई सर्कुलर गर्ने निर्णय समेत गरेको छ । एमाले केन्द्रीय कमिटी बैठक शुक्रवारबाट सुरु भएको थियो । बैठक सकिएसँगै एमाले स्पष्ट भिजनसहित चुनावमा होमिएको छ ।