जनता टाइम्स

११ श्रावण २०७६, शनिबार ०८:५८

कुवेतद्वारा नेपाल सामु जितका लागि १४२ रनको लक्ष्य प्रस्तुत


काठमाडौं, साउन ११

आईसीसी टी–ट्वेन्टी विश्वकप छनोट एसिया अन्तर्गतको खेलमा कुवेतले नेपालसामु जितका लागि १४२ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालले टस जितेर बलिङ रोजे पहिले ब्याटिङ गरेको कुवेतले कुवेतले २० ओभरमा ९ विकेट गुमाएर १४१ रन बनायो ।

कुवेतका लागि कप्तान मोहमद काषिफले सर्वाधिक ४९ रन बनाए । उनले अभिनाश बोहराको अन्तिम ओभरमा १७ रन बनाए । त्यसैगरी आदनन् इन्द्रेस २५ र मोहमद अस्लामले २३ रन बनाए। नेपालका लागि सन्दीप लामिछाने र वसन्त रेग्मीले ३–३ विकेट लिए । करण केसीले २, अभिनाश बोहरा र सोमपाल कामीले १–१ विकेट लिए । नेपाललाई यस प्रतियोगितामा शीर्ष स्थानमा रहँदै टीट्वेन्टी विश्वकपको ग्लोबल क्वालिफायर छनोट हुन कुवेतमाथि जित्नै पर्ने दबाब छ । पहिलो खेलमा कतारसँग ४ किवेटले पराजित भएको नेपालले दोस्रो खेलमा मलेसियालाई ७ विकेट हराएको थियो । अन्तिम खेल नेपालले भोली सिंगापुर विरुदद्ध खेल्नेछ।