दिपकराज जोशी/बझाङ । बझाङको सुबेडा स्वास्थ्य चौकी को भवन विगत केहि बर्षदेखि अल्पत्र अबस्थामा छ । जयपृथ्वी नगरपालिकाको वडा नम्बर ७ स्थित सुबेडा स्वास्थ्य चौकीको दुई कोठे भवन निर्माणका लागी विस लाख रकम विनियोजित भएको थियो ।
आर्थिक वर्ष २०७७/०७८ मा सामाजिक बिकास मन्त्रालयले उक्त रकम विनोजित गरेको हो । २० लाख रकम खर्चेर पनि भवन अधुरो रहेको छ । सो भवन निर्माणका लागि वडा कार्यालयले निर्माण समिति गठन गरि उक्त भवन निर्माण गरिएको थियो । जनप्रतिनिधिले अलग्गै निर्माण समिति गठन गरेर कार्य गरिएकोमा स्वास्थ्य चौकीको कुनै सरोकार नरहेको स्वास्थ्य चौकी प्रमुख बिनोद खड्काले जानकारि दिनुभयो ।
कार्यालय मा सेवा सञ्चालन गर्न स्वास्थ्य चौकीलाई भवन अभाव रहेका बेला तत्कालीन स्वास्थ्य चौकी व्यवस्थापन समिति र निर्माण समितिको मिलोमतोमा भवन निर्माणमा आएको रकम सदुपयोग नगरि भवनलाई अधुरो राखेका हुन । २० लाखमा दुई कोठे भवन समेत बनाईएन अब निर्माण गर्नलाई बजेटको जोहो गर्न लागेको वडा अध्यक्ष एंव स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष सिवराज जोशीले बताएका छन् ।

तत्कालीन अध्यक्ष र समितिको लापारबाहिका कारण भवन अधुरो राखेको स्थानियको आरोप छ । स्वास्थ्य चौकीमा प्रसुति गृहका लागी भवन अभाव भएको अनमी राधा रानाले बताउनु भयो । कार्यालयलाई भवन अभाव रहेका बेला यसरी आएको रकम सदुपयोग नहुदा सेवा प्रवाहका लागी अफ्टयारो भईरहेको छ । साघुरो र कच्ची भवनमा सुत्केरिलाई सेवा दिदा निकै जोखिम रहेको अनमी रानाले बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्