जनता टाइम्स

१९ कार्तिक २०७५, सोमबार १२:१०

को हुन् फेसन म्यागजिनको कभरमा देखिने साउदी राजकुमारी ?


विख्यात फेसन म्यागजिन ‘भोग’ को कभर पृष्टमा साऊदी अरबकी राजकुमारी हैफा बिन्त अब्दुल्ला अल साऊदको तस्वीर छापिएको छ ।

यूएईमा प्रकासित हुने अमेरिकी म्यागजिनको अरब संस्करणको कभर पृष्टमा पहिलो पतक कुनै साऊदी राजकुमारीको तस्वीर छापिएको छ । यो निकै दुर्लभ घटना हो कि, साऊदी अरबका परिवार वा राजकुमारी यसरी चर्चामा आएको ।

साऊदी शाही परिवार आफैले मिडिया र चमक-दमकबाट आफुलाई टाढा राख्ने गरेका छन् ।

म्यागजिनको कभरमा छापिएको तस्विरमा राजकुमारी हैफा सेतो गाउनमा, हाई हिल लगाएर एक आरमदायक कारमा बसिरहेको देखिएकी छिन् । र, उनको अनुहार उदाङ्गो छ ।