जनता टाइम्स

१३ भाद्र २०७९, सोमबार १५:१२

कांग्रेस राष्ट्रिय सभा संसदीय दलको नेतामा रायमाझी मनोनयन


काठमाडौं, १३ भदौ । नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सांसद रमेशजंग रायमाझीलाई कांग्रेस राष्ट्रिय सभाका लागि संसदीय दलको नेता पदमा मनोनयन गर्नुभएको छ ।

नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४० को धारा १२ को उपधारा (१) बमोजिम देउवाले राष्ट्रिय सभा सदस्य रायमाझीलाई दलको नेता मनोनीत गर्नुभएको उहाँका निजी सचिव केशवराज जोशीले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।