धनगढी, भदौ १५ । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीलाई मन्त्रीबाट हटाइएको छ । चौधरी गत २५ चैत राज्यमन्त्री नियुक्त भएका थिए ।
नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट राज्यमन्त्री बन्नुभएको चौधरीलाई पार्टी गतिविधि विपरित काम गरेको भन्दै पार्टीको सिफारिसमा मुख्यमन्त्रीले पदमुक्त गरेको स्रोतको दाबी छ ।
उहाँलाई मन्त्री पदबाट हटाउनुको कारण भने खुलाइएको छैन । तर आजै नेकपा एमालेमा प्रवेश गर्ने सूचना पाएपछि मन्त्री पदबाट हटाइएको बताइएको छ ।













प्रतिक्रिया दिनुहोस्