जनता टाइम्स

१६ भाद्र २०७९, बिहीबार १३:०७

अल्फाबिटाले महानगरविरुद्ध कानुनी उपचार खोज्ने, महानगरले ज्यादती गरेको दावी (विज्ञप्तिसहित)


काठमाडौं, १६ भदौ । काठमाडौं महानगरले आफैले दिएको स्वीकृतीविरुद्ध गएर आफूहरूमाथि नियतवश ज्यादती गरेकोभन्दै अल्फा बिटा समूह कानुनी उपचार खोज्ने भएको छ । एक विज्ञप्ति जारी गर्दै महानगरका मेयर बालेन्द्र शाहसहितको टोलीले निरिक्षणका क्रममा भएको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

गत ९ भदौमा अल्फा बिटा कम्प्लेक्समा पुगेर महानगरले त्यहाँस्थित संरचनामा रहेको फार्मेसिमा डोजर चलाएको थियो। अल्फा बिटा हाउसका संचालक द्वीराज शर्मा र मेयर शाहबीच चर्काचर्की भएको थियो। र्काचर्की भएपछि मेयर शाहले नक्सासहित आफैं उपस्थित भएर अल्फा केयर भत्काउन नगर प्रहरीलाई निर्देश दिएका थिए।

विज्ञप्तिमाभनिएको छ ‘अल्फा बिटा कम्प्लेक्सको भुई तल्लालाई व्यवसायीक प्रयोजनकालागि उपयोग गर्न काठमाडौँ महानगरपालिकाको मिति २०७५–११–२ को भवन निर्माण सम्पन्न प्रमाण पत्र अनुसार अभिलेखिकरण गराई थप दस्तुर महानगरपालिकामा बुझाएका थियौँ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘सोहि अनुसार सो तल्ला प्रयोग गरि आएका थियौँ। साथै, हाम्रो भगिनी संस्था अल्फा केयरद्वारा सन्चालित फार्मेसी पनि प्रचलित कानूनको अधिनमा रहेर नै सन्चालित रहेको कुरा जानकारी गराउँदछौं।’