जनता टाइम्स

१७ भाद्र २०७९, शुक्रबार ०९:४७

राष्ट्रियसभा नागरिकता विधेयकमा छलफल जारी रहने


काठमाडौं, १७ भदौ। राष्ट्रियसभाको आजको बैठकमा पनि नागरिकता विधेयकमाथिको छलफल जारी रहने भएको छ।

अपराह्न ३ बजेका लागि डाकिएको बैठकमा नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई आज निर्णयार्थ पेस गरी पारित गर्ने सम्भावित कार्यसूचि रहेको संसद् सचिवालयले जनाएको छ ।सो विधेयक विधायन व्यवस्थापन समितिले बिहीबार नै राष्ट्रियसभामा पेश गरेको थियो।