जनता टाइम्स

१७ भाद्र २०७९, शुक्रबार १९:१०

काठमाडौं ८ बाट कांग्रेस नेतृ सपना जोशीको आवेदन


काठमाडौं, १७ भदौ । काठमाडौं क्षेत्र नम्बर ८ बाट चुनाव लड्न नेपाली कांग्रेस नेता सपना जोशीले आवेदन दिनुभएको छ ।

मंसिर ४ मा हुने प्रतिनिधि सभा चुनावका लागि कांग्रेस नेता स्व. नवीन्द्रराज जोशीकी पत्नीसमेत रहनुभएको जोशीले प्रत्यक्षतर्फ उम्मेदवार हुनका लागि आवेदन दिनुभएको हो ।

यसै क्षेत्रबाट राजुराज जोशीले पनि उम्मेदवारीका लागि आवेदन दिनुभएको छ । उहाँहरूको आवेदनलाई क्षेत्रीय कार्यसमितिले जिल्लामा पठाएको छ ।