काठमाडौं, १८ भदौ । देशका विभिन्न ठाउँमा पानी परिरहेको छ । अहिले प्रदेश एक, गण्डकी र लुम्बिनीका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भैरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।प्रदेश एक, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली रहेको छ ।
मधेस र कर्णाली प्रदेशमा पनि मौसम आंशिक बदली छ । मौसम बदली भएका ठाउँमा आज दिउँसोपख पनि मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनले जानकारी दिनुभयो ।अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ ।
आज राति लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यम वर्षा तथा गण्डकी प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । केहि दिनदेखि लगातार जसो पानी प













प्रतिक्रिया दिनुहोस्