जनता टाइम्स

१२ श्रावण २०७६, आईतवार ०८:०६

प्रधानमन्त्री ओलीको समृद्धि अभियान : बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड


केही भ्रमहरु छरेजस्तो देखिन्छ, देश बिकाश गर्न खोज्दा अधिनायकवादको संज्ञा दिएको देखिन्छ तर यस्ता बकम्फुसे भ्रमहरुको कुनै तुक छैन किनकी जनताले बिकाश चाहेका छन र त्यो बिकाश ओली सरकारले मात्र पूरा गर्न सक्छ भन्नेमा ढुक्क छन

समृद्धिको कुरा गर्दा नेपालमा चर्चा हुने मुलुक हो सिङ्गापुर । विभिन्न दलका नेताहरुले भाषण गर्दा सिङ्गापुरको उदाहरण दिँदै नेपालले पनि छोटो समयमै सिङ्गापुरको जस्तो समृद्धि ल्याउने बताउँदै आएका छन् । त्यसमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले बेलाबखतमा सिंगापुरको साथै अरु बिपन्न मुलुकहरु, जसले उत्कृष्ट राजनैतिक नेतृत्व साथ पाएर तीब्र बिकाश एवं प्रगती गरेका छन ती देशहरुलाई नेपालसँग तुलना गर्दै आउनु भएको छ र आधुनिक सिंगापुरका निर्माता ली कुआन यूको प्रशंसा गर्दै आउनु भएको छ।

सन् १९६३ मा बेलायतबाट तथा १९६५ मा मलेशियाबाट स्वतन्त्रता पाएको सिङ्गापुर त्यतिबेला माछा मारेर खाने माझीहरुको ‘दरिद्र गाउँ’ले भरिएको थियो । त्यतिबेला सिङ्गापुरका १६ लाख जनसङ्ख्यामध्ये करिब १५ लाख जनसङ्ख्या गरीबीको निकृष्ट अवस्थामा थिए । गरीबी, अशिक्षा, बेरोजगारीको जर्जर अवस्थामा थियो । त्यस्तो अवस्थाको सिङ्गापुर ५ दशकपछि यस्तो सम्पन्न हुन्छ भनेर सायदै कसैले कल्पना गरेका थिएनन होला । तर, सिङ्गापुर एउटै पुस्तामा तेश्रो विश्वबाट पहिलो विश्वमा आफूलाई परिवर्तन गर्न सफल भयो । यसको सम्पूर्ण श्रेय मुलुकका पहिलो तथा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्रीको कार्यकाल सम्हालेका नेता ली क्वान यूलाई जाने गर्छ । सन् १९२३ मा जन्मेका लीले सन् १९५९ मा सिङ्गापुर बेलायतबाट स्वतन्त्रता पाउनु अघिदेखि सन् १९९० सम्म सिङ्गापुरको नेतृत्व सम्हालेका थिए ।

त्यस्तै विगत ४० बर्ष अघि बालुवाको खानी मात्र देखिएको खाडी मुलुकको तीब्र बिकाशले सबैलाई आश्चर्यचकित पारेको छ। देशमा रहेको प्राकृतिक खानीलाई संरक्षण र सम्बर्द्धन गर्दै त्यही खानी, तेल, ग्यासको उत्खननपछिको प्रयोगले खाडी मुलुक आज कुनै युरोप, अमेरिकी मुलुकभन्दा कम छैन बिकाशमा । त्यसको श्रेय पनि त्यहाका रास्ट्र प्रमुख, जसले बालुवाखानी जस्तो आफ्नो मुलुकलार्र्इ समृद्ध बनाउने सपना बोकेर अघि बढे। लामो समयको राजनीतिक संक्रमण अन्त्य हुँदै हाम्रो देश नेपालमा पनि दुई तिहाइको सरकार गठन भएको छ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहनु भएका केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिरहनु भएको छ। सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानलाई तिब्र रुपमा अघि बढाएको छ, यहाँ उपलब्ध श्रोत र साधनको उच्चतम उपयोग गरि देशको दिगो बिकाशलाइ सार्थकता दिलाउन हरसम्भव प्रयास गरिरहेको छ ।

प्रधानमन्त्री ओलीले जनतालाई समृद्धिको सपना देखाएर विभिन्न कार्यक्रमहरुको घोषणा गरि सक्नु भएको छ । ओली सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम, सामाजिक सुरक्षा कार्यक्रम, नेपालको पानी जनताको लगानी, पानीजहाज कार्यालय, रेलमार्गको घोषणा लगायतका विभिन्न कार्यक्रम घोषणा गरेर केही कार्यक्रमहरु कार्यान्वयन भैसकेका छन भने केही कार्यक्रमहरु कार्यान्वयनका निम्ति अघि बढी सकेका छन । स्थायी सरकार हुनुको फाइदा र जनताको आश पनि देशमा अब केही भैहाल्छ कि भन्ने परिकल्पना हो।दुई तिहाइ नेपाली जनताको अभिमतले बनेको ओलि सरकार देशको समृद्धि र जनताको खुसिको लागि हरसम्भव जुटिरहेको छ ।

बिगतका स्थायी वा अस्थायी सरकारले देशप्रती गरेको गद्दारीहरु प्रती सजग हुँदै यो सरकार कुनैपनी हालतमा देशलाइ समृद्ध बनाइ छाड्ने अभियानमा छ तरपनी देशमा छोटो समयको दौरान भएका धेरै एतिहासिक परिघटनाहरुलाइ सकारात्मक मुल्यांकन गर्नुको साटो देशलार्इ सालौ देखि चुस्दै आएका केही राजनैतिक दल र बुद्दिजिवी कहलिनेहरुले सरकार बिरुद्द अनेकन अपवाहहरु फैलाएर जनतालाइ भ्रमित पार्ने कुचेष्ठा गरेको हामिले महसुस गर्न सक्छौ।ओलि सरकारले देशको समृद्धिको लागि गरेका मुलभुत कामहरु यसप्रकार छन :

खुला बजारः हाम्रो देश आजभन्दा केही साल अघि लामो समयसम्म आफ्नो ब्यापारिकरणको लागि भारतसग मात्र निर्भर थियो तर ओलि सरकारले हिम्मत गरेर देशको हितको लागि अर्को छिमेकी रास्ट्र चिनसग एतिहासिक पारवहन सम्झौता गर्यो,जसको फाइदा देशले अब दुबै देशसग ब्यापारिक सम्झौता गरेर देशलाइ लाभ दिन सक्छ,सदियौ देखि भारतको एकपक्षीय बजार सम्झौता तोडिएको छ साथै चीन र भारतबाहेक अब हाम्रो देशले अर्को तेस्रो मुलुकबाट पनि आफ्नो आवस्यकता अनुसारको सामानहरु देशमा ढुवानी गर्न सक्छ।

परराष्ट्रनीति : हामीलाइ थाहा छ हिजोसम्म हाम्रो परराष्टनीति भारतसग निर्भर थियो। नेपाली शाषकहरु भारतले उठ भने उठ र बस भने बस गर्ने गर्थे तर आज देशको पररास्ट्रनीती बलियो बनेको छ।बिगतमा भारतिय राजदुतले हल्लाउने हाम्रो देशमा आज हाम्रा प्रधानमन्त्रीले त्यहाका समकक्षीसग सिधै देशका एजेन्डामा छलफल गर्नसक्ने परिस्थिति बनेको छ।उत्तरी छिमेकी मुलुक चिनले पनि हाम्रो देशको बिकाशमा सघाउने प्रतिबद्दता स्वरुप विभिन्न परियोजनाहरु निर्माणमा सहयोग पुर्याइरहेको छ।एसिया,युरोप होस वा अमेरिकी मुलुक, जुन देशमा हाम्रा रास्ट्रप्रमुख वा कार्यकारी जानुहुन्छ त्यहा उच्च सम्मान हुने गरेको छ र यो नै देश र जनताको लागि इतिहासकै गौरव र उपलब्धि हो।

जनमुखी कार्यक्रम : जनताको जिवनस्थर उकास्नलाइ यो सरकारले विशेष ध्यान दिएको छ,बिगत जस्तो सरकारमा आउने बेलामात्र जनताका लागि भाषण गर्ने प्रवृत्तिको अन्त्य भएको छ।यो सरकारले जनताको लागि ब्यवहारमै विभिन्न कार्यक्रमहरु ल्याएको छ।जस्तैस्(प्रधानमन्त्री रोजगार कार्यक्रम,प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम, सामाजिक सुरक्षा कार्यक्रम, नेपालको पानी जनताको लगानी कार्यक्रम,बृद्दभत्ता,प्रवासबाट फर्किएकाहरुलाइ बिना धितो ऋणको ब्यवस्था,बिध्यार्थिहरुलाइ सर्टिफिकेट धितो राखेर सरल कर्जाको ब्यवस्थाका साथै उत्पादनमुखी कामहरुमा जनतालाइ समेट्न विशेष पहल गरेको छ।

समृद्धिका योजना : देशमा ब्याप्त स्रोत र साधनको उपयोग गरि देश निर्माणमा लाग्न यो सरकारले एतिहासिक कामहरु गरिरहेको छ ।देशका प्राकृतिक सम्पदा,खानिहरु,खोलानालाहरुको अन्वेषण गरि त्यसबाट देशमा लिन सकिने लाभबारे यो सरकारले आफ्ना कार्यक्रमहरु अघि बढाएको छ,प्राकृतिक सम्पदाहरुको उचित संरक्षण र मर्मत गर्दै आन्तरिक एवम बाह्य पर्यटनलाइ प्रवर्द्धन गर्न सरकारले भिजिट नेपाल २०२० को विशेष अवधारणा अघि बढाएको छ,जसको सफल कार्यान्वयनबाट देशलाइ अरवौ रुपैया भित्रीने निश्चित छ।त्यस्तै गरि देशमा रहेका तेल खानी,नुनखानी,ग्यास खानी,फलामखानिहरुको अन्वेषण र परिक्षण गरि ती खानी रहेको स्थानमा निकट भबिस्यमै उत्पादनको लागि विशेष योजना सहित अघि बढेको छ। देशमा रहेका खोलानालाबाट उल्लेख्य विद्युत उत्पादन गरि देशभरिका सवै ठाउमा उज्यालो पुर्याउने अभियानमा सफल हुदैछ सरकार साथै भर्खरैबाट बढी भएको विद्युत देश बाहिरपनी बेच्ने कार्ययोजना बनाइसकेको छ।

देशभरी बिकाशका कामहरुले तिब्र गति लिइ रहेका छन।मुख्य शहरका सडकहरु फराकिलो बन्नुका साथै गाउघरमा पनि सडकहरु बिस्तारका साथै कालोपत्रे हुदैछ,हुलाकी राजमार्गहरु प्रसस्त बन्दैछन,देशमा जनकपुर-जयनगर रेल केही समयपछि सन्चालनमा आउदैछ जसको लागि जानकी एक्सप्रेस नामको रेल बनिसकेको हामिले विभिन्न सन्चार माध्यमबाट देखिसकेका छौ र पुर्व पश्चिम रेल,काठमाडौं लगायत देशका विभिन्न भागहरुमा रेल सम्भाब्यताको अध्ययन सक्किसकेको छ।यो सरकारले आफ्नो घोषणा अनुसार आफ्नै देशको ध्वजाबाहक पानी जहाजको पनि सन्चालन गर्दैछ,सप्तकोशि,कर्णाली,सेती,नारायणी नदिमा पानी जहाजहरु छिट्टै सन्चालनमा आउदैछन जसको कार्यान्वयनको लागि पानी जहाज अफिस र बजेट निकासा गरि सकेको छ।यस्तै देशमा रहेको एकमात्र अन्तरास्ट्रिय बिमानस्थलको बिकल्पमा पोखरा,भैरहवा,निजगढ लगायतका अन्तरास्ट्रिय बिमानस्थलको निर्माणकार्य तिब्र रुपले अघि बढेको छ,डोमेस्टिक एयरपोर्टहरु जुन सन्चालनमा आएका थिएनन ती सन्चालन गर्नुका साथै अन्य सम्भाव्य ठाउहरुमा आन्तरिक उडानको लागि बिमानस्थल बनाउने काम अघि बढेको छ साथै यस्ता खाले देश हितका धेरै बिकाशका कामहरु अघि बढाएको छ यो सरकारले।

भ्रस्टाचार नियन्त्रण : देशलाइ गरिब बनाउने एकमात्र मुख्य जड भ्रस्टाचार हो।यसको न्यूनीकरण हुन सकेन भने देशले बिकाशको फड्को मार्न सक्दैन भन्ने सरकारको मुख्य धेय छ तसर्थ भ्रस्टाचार नियन्त्रणको लागि सरकारले विभिन्न गोप्य कार्यक्रमहरु ल्याएको छ।विशेष गरि ब्युरोक्रेसिमा ब्याप्त यो रोगलाइ नियन्त्रण गर्न सजिलो पक्कै छैन तरपनी प्रधानमन्त्री ओलि जस्ता निस्वार्थि प्रधानमन्त्रीले दायाबाया नहेरी यसको न्यूनीकरणका साथै पुर्ण रुपमा नियन्त्रण गर्न अघि बढ्नु भएको छ।म भ्रस्टाचार गर्दिन र अरुलाइ पनि गर्न दिन्न भन्ने मुल नारा लिएर प्रधानमन्त्री अघि बढ्नु भएको छ र यसका सकारात्मक सुधारहरु देखिएको हामिले महसुस गर्न सक्छौ।अख्तियार अनुसन्धान आयोगलाइ सक्रिय बनाइ यो आयोगद्रारा दिनदिनै केही भ्रस्टाचारिहरुलाइ नियन्त्रणमा लिएको देखिरहेका छौ साथै बिगतमा राज्यको सम्पत्ती अनावश्यक दोहन गर्नेहरुप्रतिपनी छानबिन चलिरहेको छ यसैले भ्रस्टाचार नियन्त्रण र सुशासनमा यो सरकारले एतिहासिक फड्को मारेको छ।

इतिहासको करिब ७ दशक लामो राजनीतिक संक्रमणकाल पूरा गरेर नेपाल संघीयतामा प्रवेश गरेको छ । संघीयताको लामो समयदेखि पक्षपोषण गरिरहेका राजनीतिक दलहरू मात्र होइन, सर्वसाधारण तथा निजी क्षेत्र पनि नेपालमा अब समृद्धिको यात्रा सुरु हुनेमा आशावादी छन् । संघीयता नेपालजस्तो बहुसांस्कृतिक, बहुजाती, बहुभाषी देशका लागि लोकतन्त्रको एउटा उत्कृष्ट अभ्यास हो । तर, संसारका उदाहरणहरू हेर्ने हो भने कुनै पनि देश शासकीय पद्धतिका कारणमात्र नभई, दृढ राजनीतिक इच्छाशक्तिले मात्र विकास तथा समृद्ध भएका छन् । देशमा छोटो समयमा भएका यी एतिहासिक उपलब्धिहरुलाइ देशका अधिकाङ्श जनताले बुझेका छन र ओलि सरकारलाई पुर्ण रुपले साथ दिएका छन। यो सरकारलाइ साथ नदिए देश बन्दैन,अहिले देश नबने कहिल्यै बन्दैन भन्ने आम जनताको बुझाइ छ।

देश बिगार्न मात्र माहिर केही राजनैतिक दलका नेता कार्यकर्ताले आफ्नो राजनैतिक भबिस्य जोगाउन बिकाशबादी ओली सरकारको बिरोध गरेजस्तो देखिन्छ, केही भ्रमहरु छरेजस्तो देखिन्छ, देश बिकाश गर्न खोज्दा अधिनायकवादको संज्ञा दिएको देखिन्छ तर यस्ता बकम्फुसे भ्रमहरुको कुनै तुक छैन किनकी जनताले बिकाश चाहेका छन र त्यो बिकाश ओली सरकारले मात्र पूरा गर्न सक्छ भन्नेमा ढुक्क छन । त्यसैले ओली सरकारको समृद्धि अभियान बुझ्नेलाई श्रीखण्ड अनि नबुझ्नेलाइ खुर्पाको बिड भनिएको हो।