जनता टाइम्स

१९ भाद्र २०७९, आईतवार १७:३२

पर्यटनमन्त्रीको ज्याद्धतीले सीमा नाघ्यो, लाइनमा बस भनेबापत सुरक्षागार्ड पक्राउ


काठमाडौं, भदौ १९ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको ज्याद्धतीले सिमा नाघेको छ । आफै कानून तोडेर मन्त्री श्रेष्ठले कानून कार्यान्वयन गरेबापति सुरक्षागार्डलाई प्रहरी लगाएर पक्राउ गराई ज्याद्धतीको हद पार गर्नुभएको हो ।

व्यक्तिगत कामको सिलसिलामा ठमेलस्थित छायाँ सेन्टर पुग्नुभएका पर्यटनमन्त्री श्रेष्ठलाई लाइनमा बस्न आग्रह गर्दा त्यहाँ कार्यरत एकजना सुरक्षा गार्ड पक्राउ परेका छन् । घटना गत शुक्रबारको हो ।

मन्त्री श्रेष्ठ शुक्रबार व्यक्तिगत कामका लागि ठमेलको छायाँ सेन्टर पुग्नुभएको थियो । भिसाका लागि बायोमेट्रिक विवरण दिन पुग्नुभएका मन्त्री श्रेष्ठभन्दा अगाडि अरु थुप्रै सेवाग्राही थिए । त्यसपछि भिसा सेन्टरमा कार्यरत ‘ग्रुप फोर’ सेक्युरिटी कम्पनीसँग आवद्ध सुरक्षा गार्ड शेरजंग शेरजंग गुरूङले मन्त्री श्रेष्ठलाई लाइनमा बस्न आग्रह गर्नुभएको थियो ।

तर, मन्त्रीको साथमै रहेका अंगरक्षकले ‘उहाँ मन्त्रीज्यु हुनुहुन्छ, जान दिनुस’ भनेर जवाफ दिएपछि सुरक्षा गार्डले अगाडि थुप्रै लाइनमा रहेको बताउँदै सवै बरावर रहेकोले जान दिन नसकिने बताउनु बताए । शेरजंग गुरूङले पुनः मन्त्री श्रेष्ठलाई लाइनमा बसेर आउन आग्रह गरेपछि श्रेष्ठ एकाएक म मन्त्री के को कानून ? भन्दै झोक्किनु भएको थियो ।

त्यसपछि सुरक्षा गार्ड र मन्त्रीबीच भनाभन नै भएको थियो । पछि ठेलमठेलबीच मन्त्री श्रेष्ठ काम सकेर मन्त्रालय फर्किनुभयो । उहाँले आफू सत्तामा रहेकोले जुनसुकै उदण्डता गर्न सक्ने ब्इवहार देखाएर फर्केपछि गृहमन्त्री बालकृष्ण खाणलाई पत्र नै लेखेर पक्राउगर्न लगाउनु भएको हो ।

मन्त्री श्रेष्ठ फर्किएपछि पर्यटन मन्त्रालयले छाँया सेन्टरस्थित व्यक्तिगत काममा गएका बखत मन्त्रीमाथि सुरक्षा गार्डबाट दुब्र्यवहार भएको भन्दै कारबाहीका लागि गृह मन्त्रालयमा पत्र पठाएको थियो । शुक्रबार नै गृहले पर्यटनको पत्र प्रहरी प्रधान कार्यालय पठाइदियो । प्रहरी प्रधान कार्यालयबाट काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट काठमाडौं प्रहरी परिसर हुँदै दरबार मार्ग वृत्तमा पत्र पुग्यो । त्यसकै आधारमा पक्राउ परेका सुरक्षा गार्ड शेरजंग गुरूङलाई वृत्तले अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी गरेको छ ।

शेरजंग गुरूङ अहिले दरबारमार्ग प्रहरीको हिरासतमा हुनुहुन्छ । काठमाडौं प्रहरी परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहराले कुँवर प्रहरी नियन्त्रणमा रहेको र उनीमाथि कानुन अनुसार कारबाही हुने बताउनु भयो । ‘मन्त्रीज्युलाई सुरक्षा गार्डबाट दुब्र्यवहार भएको उजुरीपछि सुरक्षा गार्डलाई नियन्त्रणमा लिएर प्रहरी हिरासतमा राखएको छ,’ एसएसपी बोहराले भन्नुभयो ।