जनता टाइम्स

१९ भाद्र २०७९, आईतवार २०:३५

दार्चुलामा एमालेबाट ठगुन्ना सर्वसम्मत सिफारिस


धनगढी, १९ भदौ । नेकपा एमाले दार्चुलाबाट प्रतिनिधिसभा उम्मेदवारमा गणेशसिंह ठगुन्नाको नाम सर्वसम्मत सिफारिस भएको छ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनको लागि प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ठगुन्नाको नाम एकल सिफारिस गरिएको एमाले दार्चुलाका उपसचिव एवं प्रचार विभाग प्रमुख खडक वडालले जानकारी दिनुभयो ।

२०७० मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडू र २०७४ सालमा कांग्रेसका बिक्रमसिंह धामीलाई हराउँदै एमाले नेता ठगुन्ना लगातार दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । यस्तै एमालेबाट प्रतिनिधिसभामा समानुपातिकतर्फ जेहेन्द्रसिंह ऐतवाल, दुर्गा धामी, विमला दमाई, ज्ञानेन्द्र घर्ती र नगेन्द्र तिंकरी सिफारिस हुनुभएको छ ।