जनता टाइम्स

१९ भाद्र २०७९, आईतवार २१:१२

प्रचण्डविरुद्ध एमालेले अघि सार्यो न्यौपानेलाई


चितवन, १९ भदौ । नेकपा एमालेले चितवन क्षेत्र नम्वर –३ मा प्रतिनिधिसभा प्रतक्ष्यतर्फ सर्वसम्मतरूपमा रामप्रसाद न्यौपानेको एकल नाम सिफारिस गरेको छ ।

सो पार्टीको आइतबार बसेको क्षेत्रिय समन्वय समितिको बैठकले न्यौपानेको नाम सर्वसम्मतिले सिफारिस गरेको बताइएको छ । न्यौपाने एमाले चितवनका अध्यक्षसमेत हुनुहुन्छ ।

चितवन क्षेत्र नम्वर–३ नेपपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र पनि हो । प्रचण्ड अहिले सोही क्षेत्रबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरिरहन भएको छ ।

प्रचण्डले सो क्षेत्रबाट राप्रापाका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेलाई पराजित हुनुभएको थियो । प्रचण्डले यसपटक पनि सोही क्षेत्रबाट चुनाव लड्ने घोषणा गरिसक्नुभएको छ ।