जनता टाइम्स

१२ श्रावण २०७६, आईतवार ०९:५७

ट्वान्टी ट्वान्टी विश्वकप छनोट : सिंगापुरविरुद्धको खेलमा नेपाल गम्भिर संकटमा, सस्तैमा ६ विकेट गुम्यो


काठमाडौं, साउन १२

सिंगापुरमा जारी आईसीसी टी–ट्वेन्टी विश्वकप छनोट एसिया अन्तर्गतको खेलमा सिंगापुरविरुद्धको खेलमा नेपाल हारको नजिक पुगेको छ । १९२ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ८० रनमा ६ विकेट गुमाईसकेको छ ।

नेपालका लागि कप्तान पारस खड्का १२, ज्ञानेन्द्र मल्ल ३९ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो रन समेत बनाउन सकेनन् । शरद भेष्वाकर ७, रोहितकुमार पौडेल ५, विनोद भण्डारी ९ र करन केसी शुन्य रनमा आउट भए । अहिले क्रिजमा दिपेन्द्रसिह एैरी र सोमपाल कामी रहेका छन् । सिंगापुरले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले सिंगापुरविरुद्ध बलिङ गरेको थियो। सिंगापुरले २० ओभरमा ६ विकेटको क्षतिमा १९१ रन जोड्यो।