काठमाडौं, २० भदौ । लोसपा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ ले वरिष्ठ नेता राजेन्द्र महतोलाई प्रतिनिधिसभाका लागि एकल नाम सिफारिस गरेको छ । एक दिनअघि यही क्षेत्रबाट एमालेले प्रतिनिधिसभाको प्रतक्ष्यतर्फ जुली महासेठको एकल नाम सिफारिस गरिसकेको छ । सोमबार लोसपा क्षेत्रीय समिति बैठकले पार्टीका वरिष्ठ नेता महतोलाई प्रत्यक्षतर्फ सिफारिस गरेको हो ।
महतो अहिले पनि सोही निर्वाचन क्षेत्रबाट सांसद हुनुहुन्छ । अघिल्लो निर्वाचनमा राजेन्द्रलाई अन्तिम समयमा आएर एमालेले सहयोग गरेकाले काँग्रेस नेता विमलेन्द्र निधि पराजित भएर राजेन्द्रले जित निकालेको अद्यापी चर्चा छ ।
यसपटक कांग्रेस धनुषा ३ ले निधिलाई समानुपातिकमा राखेर पठाएको छ । निधिले यस पटक घुमाउरो पाराले राजेन्द्र महतोलाई समर्थन गरिसक्नु भएको छ । आफू प्रतक्ष्य उम्मेदवार हुने इच्छा नराख्नु र लोसपालाई पनि गठबन्धनमा सामेल गर्न काँग्रेसभित्र लविङ गर्नुले यसलाई पुष्टि गर्छ ।
तर, निधिको यस्तो रणनीतिको स्थानीय काँग्रेसले विरोध गरेको छ । स्थानीय काँग्रेस प्रदेश राजधानीसमेत रहेको यो क्षेत्र छाड्न तयार छैनन् भने उपेन्द्र यादव नेतृत्वको जसपाले यसलाई पचाउन सकेको छैन । जसपा बरु जो सुकै आओस् तर, राजेन्द्रले जित्नु हुँदैन भन्ने पक्षमा रहेको छ । जसका कारण यस पटक धनुषा क्षेत्र नम्वर– १ एमालेकी जुली समासेठको जित लगभग पक्का देखिएको छ ।













प्रतिक्रिया दिनुहोस्