जनता टाइम्स

२० भाद्र २०७९, सोमबार १९:००

दोलखा एमालेले गर्यो प्रत्यक्षतर्फ पार्वत–आनन्दसहित ८ जनालाई उम्मेदवार सिफारिश


दोलखा, भदौ २० । नेकपा एमाले दोलखाले आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा पूर्वसञ्चारमन्त्री पार्वत गुरुङको नाम पहिलो नम्वरमा राखेर सिफरिस गरेको छ ।

नेकपा एमाले दोलखाको आज बसेको जिल्ला कमिटी वैठकले पूर्वसञ्चार मन्त्री तथा हालका सांसद गुरुङको नाम पहिलो नम्वरमा सिफारीस गरेको हो । सदरमुकाम चरिकोटमा वसेको जिल्ला कमिटी वैठकले निर्वाचनमा उम्मेदवार आकांक्षीहरुको नाम सिफारिस गरेको हो । गुरुङ दोलखाका निकै प्रभावशाली नेता मानिनु हुन्छ ।

गत निर्वाचनमा गुरुङ दोलखाबाट निर्वाचित हुनुभएको थियो । नेकपा एमाले दोलखाले आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ पूर्वमन्त्रीद्वय गुरुङ र पोखरेलसहित ८ जना उम्मेद्वारहरुको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

सिफारिसमा गुरुङ, पोखरेल, केन्द्रीय सदस्यहरु सरस्वती बस्नेत, रचना खड्का, केन्द्रीय लेखा आयोग सदस्य शान्ति पाख्रिन, सम्पर्क तथा समन्वय समिति संयोजक श्याम बस्नेत, एमाले दोलखाका निवर्तमान अध्यक्ष इश्वरचन्द्र पोखरेल एमाले निवर्तमान सचिव भरत दुलाल रहनुभएको छ ।

सोमबार बसेको जिल्ला कमिटीसहितको बैठकले उम्मेद्वारका आकांक्षी आठै जनाको नाम प्रदेश कमिटीमा सिफारिस गर्ने निर्णय गरेको एमाले दोलखाका उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख राजेन्द्र मानन्धरले जानकारी दिनुभयो ।