जनता टाइम्स

२२ भाद्र २०७९, बुधबार ०७:५२

नवलपरासी पूर्वका केही स्थानमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध


काठमाडौं, २२ भदौ । नवलपरासी ९पूर्व०का केही स्थानमा पछिल्लो केही घण्टा भारी वर्षा भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाका अनुसार नवलपरासी ९पूर्व० को दुम्कौली, डण्डा, अरुण खोला र आसपासका क्षेत्रमा पछिल्लो तीन घण्टामा भारी वर्षा भएको छ ।

ती क्षेत्र भई बहने स–साना नदीहरुमा बहाव बढ्ने हुँदा यात्रामा निस्कनेहरुले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

‘नवलपरासी ९पुर्व० को दुम्कौली, डण्डा, अरुण खोला र आसपासको क्षेत्रमा पछिल्लो तीन घण्टामा भारी वर्षा भएको र सो क्षेत्र भई बहने स–साना नदीहरूमा बहाव बढ्ने हुँदा यात्रामा निस्कनुहुनेहरूले सतर्कता अपनाऔँ,’ महाशाखाले भनेको छ ।