जनता टाइम्स

२२ भाद्र २०७९, बुधबार ०८:२६

गठबन्धनबीच सिटबाँडफाँडको नतिजा आजै सार्वजनिक गर्ने !


काठमाडौं, २२ भदौ । सत्तारुढ गठबन्धनबीच सिट बाँडफाँडको नतिजा आजै सार्वजनिक हुने भएको छ । आज फेरि बालुवाटारमा बैठक बसेर एका सहमतिलाईलाई अन्तिमरूप दिई नतिजा सार्वजनिक गर्ने बताइएको छ ।

ज्ञानेन्द्रबहादुर कार्कीले आफूहरूबीच सहमति भइसकेको र त्यसलाई लिपिबद्ध गर्न मात्र बाँकी रहेकोले बुधबार बस्ने कार्यदलको बैठकले प्रतिवेदन नै तयार पार्ने बताउनुभएको छ ।

सिटबाँडफाँडमा नेपाली कांग्रेसले ८६ सिटमा र बाँकी सिट अन्य दलहरुले पाउने गरी सहमति जुटाइएको बताइन्छ । कार्यदलको बैठक साँझ ५ बजेका लागि बोलाइएको छ ।