जनता टाइम्स

२५ भाद्र २०७९, शनिबार १५:०२

कमल थापाका उपाध्यक्ष एमाले प्रवेश, अध्यक्ष ओलीद्वारा स्वागत


काठमाडौं, २५ भदौ । कमल थापा नेतृत्वको राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष राजेन्द्रवीर राय नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले रायलाई भक्तपुरको बालकोटस्थित ओली निवासमा खादा लगाई पार्टीमा स्वागत गर्नुभएको हो ।

कर्णाली विकास बैंकका अध्यक्ष रहनुभएका राय २०७४ सालको निर्वाचनमा सल्यानबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुनुहुन्थ्यो । पार्टी प्रवेश कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य गुलावजङ्ग शाहको पनि उपस्थिति थियो ।