जनता टाइम्स

१२ श्रावण २०७६, आईतवार १७:३६

बालुवाटार प्रकरणमा अख्तियारले बयान लिएपछि कांग्रेस नेताले गरे ‘आत्महत्या’


काठमाडौं, साउन १२ । बालुवाटार जग्गा प्रकरणमा छानविनमा परेका नेपाली कांग्रेस पर्वतका सचिव युक्तप्रसाद श्रेष्ठले ‘आत्महत्या’ गरेका छन । श्रेष्ठले आज बालाजुको माछापोखरीस्थित हिमालय सिटी सेन्टरको सातौं तलाबाट हाम फालेर आत्महत्या गरेका हुन ।

प्रहरीका अनुसार सातौं तलाबाट खसेका श्रेष्ठलाई उपचारार्थ पिपुल्स अस्पताल नयाँ बजारमा उपचारको लागि भर्ना गरिए लगत्तै मृत्यु भएको हो । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा ब्यक्तिको नाममा दर्ता गर्दा श्रेष्ठ डिल्लीबजार मालपोत कार्यालयमा कार्यरत रहेका थिए । सोही प्रकरणमा उनलाई अख्तियारले बयान लिइरहेको थियो ।

अख्तियारले बयानमा बोलाएपछि निकै तनावमा रहेका श्रेष्ठले अन्तत आज सिटी सेन्टरबाट हाम फालेर ‘आत्महत्या’को बाटो रोजेका हुन । अख्तियारले बयानमा बोलाएपछि श्रेष्ठ आफ्नो गृहजिल्ला पर्वत फर्केका थिएनन । श्रेष्ठ लाइन्स क्लव अफ डिष्ट्रिक ३२० बी वानको पूर्वगभर्नरसमेत हुन ।

बालुवाटारको सरकारी जग्गा ललिता निवास ब्यक्तिका नाममा पुर्याउनका लागि मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत रहँदा फाइल खडा गर्ने लगायतका काममा श्रेष्ठको संलग्नता भेटिएको अख्तियार स्रोतले जानकारी दिएको थियो । सरकारी जग्गा हिनामिना गरेको अभियोगमा मालपोत कार्यालय डिल्लीबजारका तत्कालिन खरदार समेत रहेका उनिबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिइरहेको थियो ।

तत्कालिन प्रधानमन्त्री ‘मन्त्रिपरिषद्, मुख्य सचिव, मन्त्रालयका सचिव, भूमिसुधार विभाग हुँदै मालपोत कार्यालयमा आएका कागजात सदर गरेर ललितानिवासको जग्गा सुवर्णशमशेरका भोगाधिकारीलाई दिने काममा कांग्रेस निकट कर्मचारीको नेता भएका कारण श्रेष्ठले खरिदार भएपनि सबै प्रकृया मिलाउन महत्वपुर्ण भूमिका खेलेको भेटिएको अख्तियार स्रोतले दावी रहदै आएको छ ।