जनता टाइम्स

२६ भाद्र २०७९, आईतवार १३:१७

भारतको मुम्बईमा बेहोस अवस्थामा भेटिए बुटवलबाट हराएका तीन विद्यार्थी


रुपन्देही, भदौ २६ । तीन दिनअघि विद्यालय जान हिंडेका बुटवलका तीन जना बालक भारतको मुम्बईमा बेहोस अवस्थामा फेला परेका छन्। शुक्रबार विद्यालय जान भनेर घरबाट हिँडेका उनीहरू शनिबार राति २ बजे मुम्बईको केरला स्टेशनमा भेटिएको र उनीहरुको बेहोस अवस्थामा रहेको पाइएको हो ।

बुटवल उपमहानगरपालिका वडा नं ११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल, १५ वर्षकै समीर लम्साल र १४ वर्षका प्रदीप पन्थी शुक्रबार नवीन औद्योगिक मावि कक्षा ९ मा पढ्ने दुई जना र नहरपुर मावि कक्षा ८ मा पढ्ने एक जनासँग विद्यालय जान भनी सँगै घरबाट निस्केका थिए।

तर, विद्यालयमा उनीहरू अनुपस्थित भएपछि परिवारजनले खोजी गरेका थिए। बालकहरूले भने आफूहरू कसरी भारत आइपुगेको भन्ने केही थाहा नभएको अभिभावकलाई बताएका छन्।