जनता टाइम्स

२६ भाद्र २०७९, आईतवार १८:२५

कञ्चनपुर निर्माण व्यवसायी संघको अध्यक्षमा भट्ट निर्वाचित


कञ्चनपुर, २६ भदौ । कञ्चनपुर निर्माण व्यवसायी संघको अध्यक्षमा पूर्व वरिष्ठ उपाध्यक्ष निरञ्जनप्रसाद भट्ट निर्वाचित हुनुभएको हो । संघको १४औं अधिवेशनमा सार्वजनिक अन्तिम मत परिणाम अनुसार भट्ट १ सय ५५ मत ल्याएर अध्यक्ष पदमा विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी निवर्तमान वरिष्ठ उपाध्यक्ष पुष्पराज अवस्थीले १ सय ९ मत ल्याउनुभयो ।

संघमा सचिव र सह कोषाध्यक्षबाहेक सबै पदाधिकारी भट्ट प्यानलकै निर्वाचित भएको हो । संघको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र बहादुर चन्द १ सय ४९ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी अमर बहादुर बमले १ सय ४ मत ल्याउनुभयो । उपाध्यक्षमा देवबहादुर चन्द १ सय ६२ मत ल्याएर निर्वाचित हुनकी प्रतिद्वन्द्वी शक्ति विष्टले ८८ मत पाउनुभयो ।

महासचिवमा योगेन्द्र ठकुराठी १ सय ६३ मत ल्याउँदै विजयी हुनुभयो । उहाँका प्रतिद्वन्द्वी अमर मल्लले ९५ मत ल्याउनुभयो । सचिवमा सूर्य बहादुर चन्द १ सय ३२ मतका साथ विजयी हुँदा प्रतिद्वन्द्वी हेम महराले १ सय २१ मत ल्याउनुभयो । कोषाध्यक्षमा दीपक भट्ट १ सय २९ का साथ विजयी हुँदा उहाँका प्रतिद्वन्द्वी तेज चन्दले १ सय ६ मत ल्याउनुभयो ।