जनता टाइम्स

२९ भाद्र २०७९, बुधबार १६:३१

एमालेको अडानले प्रचण्ड थरथरी, भने-अफ्ठ्यारो पार्न खोजे राम्रो हुँदैन


काठमाडौं, २९ भदौ । संक्रमणकालीन न्यायसम्वन्धि प्रस्तावित विधेयकमा नेकपा (एमाले) को अडानले नेकपा (माओवादी केन्द) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ढको सातो गएको छ । उहाँले कसैको नलिई धम्कीको शैलीमा भन्नुभयो ‘हामीलाई अफ्ठ्यारो पार्न खोजिए देशका लागि दुर्भाग्यपूर्ण हुनेछ ।’

प्रतिनिधिसभाको कानुन, न्याय, तथा मानवअधिकार समितिको सिंहदरबारमा बसेको बैठकमा आफ्नो धारणा राख्ने क्रममा उहाँले यस विधेयकमा पक्ष–विपक्ष हुन नहुने बताउनुभयो । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई सर्वसम्मत रूपमा अघि बढाउनु पर्ने बताउनुभयो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले केही दिनअघि यो विधयकप्रति इंगित गर्दै विधेयक पीडितमैत्री, नेपालको संविधान र अन्तर्राष्ट्रिय कानुन तथा अभ्यासलाई पनि दृष्टिगत गरेर अगाडि बढाउनु पर्ने बताउनु भएको थियो । विधेयकमा घुमाएर आममाफीप्रति संकेत गरेका अध्यक्ष ओलीको कडा आपत्ति थियो । एमाले सांसदहरूले पनि सोही लाइनमा धारणा राखेपछि प्रचण्ड तिल्मिलाउनु भएको हो ।

विधेयक निर्माणमा पीडितहरूसँग प्रयाप्त अन्तरक्रिया नगरेको, मानवअधिकार उल्लंघको घटनालाई पनि आफूखुसी वर्गिाकरण गरेर दुईभागमा विभाजित गरिएको र यौनजन्य हिंसाका विषयमा विधेयक मौन रहेको कुरा मानव अधिकारवादी संघसंस्थाले उठाउदै आएका छन् । राष्ट्रिय मानवअधिकार आयोगले पनि विधेयक यहीरूपमा अघि बढ्न नहुनेभन्दै विज्ञप्ति जारी गरेर विरोध जनाएको थियो ।

दफावार छलफलका लागि समितिमा पुगेको विधेयकमा पक्ष–विपक्षमा कुरा उठेपछि मंगलबार समितिमा आफै उपस्थित भएर प्रचण्डले धम्कीयुक्त भाषमा भन्नुभयो, ‘संक्रमणकालीन न्यायको विषय हामी सबैको चासो,सरोकार र चिन्ताको विषय हो। हुनुपर्छ पनि। यो पक्ष, विपक्षको कुरा होइन। पछिल्लो समय मान्य मन्त्रीजीले धेरै नै मिहेनत गरेर कुरा गर्नुभएको छ। मैले सम्माननीय राष्ट्रपतिजीसँग पनि यो विषयमा राष्ट्रिय सहमति बनाएर टुंगोमा पुग्नुपर्छ र यसमा अरु पोलिटिक्स नछिरोस्।

उहाँले भन्नुभयो, ‘यहाँ पोल्टिकल आग्रह, पूर्वाग्रह यहाँभित्र आउनु देश र लोकतन्त्रको लागि राम्रो हुँदैनु, उनले भने,ुअरु विषयमा हाम्रा डिबेट हुन सक्लान्। तर यो त यस्तो ऐतिहासिक र युगान्तकारी विषय हो, जुन अन्तर्गत नै हामी संघीय लोकतान्त्रिक गणतन्त्र हुँदै आज हामी यो प्रक्रियामा अघि बढेका छौँ। यो आग्रह भन्दा बाहिर हामी सबै जानैपर्छ। हामीले सहमति बनाएर समाधान गर्ने उद्देश्यले काम गर्ने हो, बल्झाउने उद्देश्यले होइन। हामी कसैले अलिकति एउटा शब्द छिराएर भोलि अफ्ठ्यारो पार्ने भन्ने सोच्यौँ भने त्यो दुर्भाग्यपूर्ण हुन्छ। नैतिक र राजनैतिक हुँदैन ।’