मूख्य समाचारशिक्षा / स्वास्थ्यसमाचारसमाज

नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर जाँदै प्रधानमन्त्री ओली

काठमाडौं, साउन १३ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि सिंगापुर जानुहुने भएको छ । प्रधानमन्त्री ओली नियमित परीक्षणका लागि साउन १८ गते सिंगापुर जाने तय भएको हो ।

पार्टी सचिवालयको बैठकमा प्रधानमन्त्री ओलीको सिंगापुर भ्रमणबारे जानकारी गराइएको थियो । सिंगापुरमा प्रधानमन्त्री ओलीले पुरानै अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम रहेको छ । कामको चापका कारण बिदेश जान नचाहनुभएका प्रधानमन्त्री ओलीलाई चिकित्सकले नियमित परीक्षणको समय टर्न लागेको भन्दै जोड गरेपछि जान तयार हुनुभएको हो ।

प्रधानमन्त्रीको स्वास्थ्यमा केही समस्या भएपछि गत शुक्रबार आर्मी अस्पताल छाउनीमा स्वास्थ्य परीक्षण गरिएको थियो । प्रधानमन्त्री सिंगापुरमा एक साता रहने कार्यसूची रहेको छ ।

Comment here