जनता टाइम्स

१ आश्विन २०७९, शनिबार २२:३७

चोलेन्द्रमाथिको महाअभियोगबारे यस्तो छ एमालेको ८ बुँदे फरक मत (पूर्णपाठ)


काठमाडौं, असोज १ । नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग सिफारिस समितिको बहुमतको निर्णयमा८ बुँदे फरक मत राखेको छ ।

११ सदस्यीय महाअभियोग समितिमा ६ सदस्यले बहुमतका आधारमा महाअभियोग लगाउन सिफारिस गर्दा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदले फरक मत राखेका हुन ।

सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका गरी ६ जना सांसद महाअभियोग लगाउन सहमत हुँदा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीका ५ जना सांसद लगाउन नहुने पक्षमा उभिए । उनीहरुले समितिको प्रतिवेदनमा आफ्नो ८ बुँदे फरक मत राखेका छन् ।