काठमाडौं, असोज २ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ गठबन्धनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरालाई महाभियोग प्रस्तावमा बिलम्ब गरेर सफाइ दिएको बताउनुभएको छ ।
आज आफनै निवास बालकोटमा सञ्चाकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले गठबन्धनले प्रक्रिया अघि नबढाएर जबरालाई सफाइदिएको बताउनुभएको हो ।
सचिवालय बैठकपछि अध्यक्ष ओलीले भन्नुभयो, ‘संसदको कार्यकाल सकियो । महाभियोगको प्रस्तावपारित भएन । दर्ता भयो र पारित भएन भने कुरा सिद्धियो ।’
रूसको संसद्मा बोरिस यल्सिनले गोलाबारी गरेको स्मरण गर्दै नेपाल सत्तारूढ गठबन्धनले सर्वोच्च अदालतमा गोलाबारी गरेको आरोपलगाउनुभयो । ‘बोरिस यल्सिनले रुसको संसद्मा गोलाबारी गरेका थिए, गठबन्धनले अदालतमा गोलाबारी गर्यो । यस्ता बोरिसयल्सिनलाई के भन्ने ’, ओलीको भनाइ छ ।
महाभियोग प्रस्ताव नयाँ निर्वाचित संसद्ले निर्क्योल गर्न सक्छ कि सक्दैन भन्ने प्रश्नमा अध्यक्ष ओलीले भन्नुभयो, ‘यो यो जिन्दगीभरचलाउने विषय होइन । हरेक विषयको कार्यकाल हुन्छ । अवधि हुन्छ । सत्तामा पुगेर सेना प्रहरी हातमा छ भनेर जे गरे पनि हुन्छ ।लोकतन्त्रमा यस्तो तमासा हुन्छ ?













प्रतिक्रिया दिनुहोस्