जनता टाइम्स

४ आश्विन २०७९, मंगलवार २२:३६

ओएनएफले भन्यो : संबिधान र ऐन–कानुनलाई प्रवासी नेपालीमैत्री बनाऔं, देश बिकाशको मुल फुटाऔं (बिज्ञप्तीसहित)


लण्डन, असोज ४ । प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तराष्ट्रिय कमिटीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय संकल्प पूरा गर्ने दिशाातर्फ अघि बढन सवैलाई अपिल गरेको छ । संबिधान दिवसको अवसरमा बिज्ञप्ती जारी गर्दै अध्यक्ष भक्त गुरुङले यस्तो अपिल गर्नुभएको हो ।

बिज्ञप्तीमा गुरुङले भन्नुभएको छ, ‘आजको यस सुखद दिनमा हामी सबै प्रवासी नेपालीहरुले आफ्नो मातृभूमि निर्माणको सुयोग्य साझेदार बन्न आफूलाई दृढ संकल्पित गर्नुपर्दछ ।’