जनता टाइम्स

६ आश्विन २०७९, बिहीबार १७:४३

दार्चुलाको लास्कु खोलामा बेपत्ता भएका व्यक्तिको शव फेला


धनगढी, ६ असोज । दार्चुलास्थित लास्कु खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका व्यक्तिको शव फेला परेको छ ।

जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ४ का ५० वर्षीय मोहन लुहारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

भदौ २५ गते अविरल वर्षापछि लास्कु खोलामा आएको बाढीले ठूलो जनधनको क्षति गरेको थियो । बाढीले बगाउँदा १० जना बेपत्ता भएका थिए ।