जनता टाइम्स

६ आश्विन २०७९, बिहीबार १९:०८

किन चलिरहेछ एमाले प्रवेशको लहर ? यी हुन मुख्य आधार


काठमाडौं, असोज ६ । बिगत केही समययता सत्ता गठबन्धनमा आवद्ध चर्चित नेताहरु धमामध नेकपा एमाले प्रवेश गरिरहेका छन । सत्तारुढ पाँच दलीय गठबन्धनमा आवद्ध रहेका दलका चर्चित नेता र सांसदहरु मुलुक र जनताको पक्षमा काम गर्ने दल नेकपा एमाले मात्रै रहेको र भिजन भएका नेता केपी शर्मा ओली मात्रै पाइएको निश्कर्ष सुनाउँदै एमाले भित्रिएका छन ।

आज मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट खादा र अबिर लगाएर पूर्वप्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गर्नुभएको छ । नेपाल प्रहरीमा रहेर लामो समय सेवा गरी मुलुकका बिभिन्न जिल्ला र प्रदेशको नेतृत्व गर्नुभएका र प्रहरीको नेतृत्व गरी कुसल ब्यवस्थापन र काम गर्नुभएका खनालले समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई पूरा गर्नका लागि एमाले रोजेको बताउनु भएको छ ।

केपी ओलीजस्तो सक्षम र भिजनकारी नेता नेपालमा अरु कोही नभएको र ओली भिजन मुलुक र जनताका लागि निकै उपयोगी हुने ठहरसहित खनालले एमाले रोज्नुभएको हो । यसअघि हिजो मात्र सर्लाहीका नेता तथा संबिधानसभा सदस्य प्रकाश पाख्रिन एमाले फर्कनुभएको थियो ।

अहिलेसम्म प्रदेश १ को झापा, इलाम, सुनसरी, मोरङ, भोजपुर, धनकुटा, खोटाङ, ओखलढुंगामा नेकपा माओवादी केन्द्र, एकीकृत नेकपा समाजवादी र जसपा परित्याग गरेर चर्चित नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गरिसकेका छन । यस्तै सप्तरी, सिरहा, सर्लाही, बारा, पर्सा, रौतहट र धनुषामा पनि चर्चित नेताहरु एमाले प्रवेश गरेका छन । कतिपय जिल्लामा इञ्चार्ज र अध्यक्ष नै एमाले प्रवेश गरेका छन । प्रवेशको क्रम अझै जारी रहने देखिएको छ ।

कांग्रेस नेता भीमसेनदासका भाइ नै एमाले प्रवेश
चुनाव नजिकिदै जाँदा गठबन्धनप्रतिको मोह जनतामा हराएको छ । यही क्रममा सत्ता गठबन्धनका नेतृत्वकर्ता नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य भीमसेनदास प्रधानका भाइ राजेन्द्र प्रधान एमालेमा प्रवेश गर्नुभएको छ ।

यस्तै नेकपा माओवादी केन्द्रीय सदस्य तथा चितवन जिल्ला सहइन्चार्ज यमबहादुर परियार (इन्द्रजीत) सिंगो टोलीसहित एमाले प्रवेश गर्नुभएको छ । यस्तै नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो, केन्द्रीय सदस्यलगायतका नेताहरु पनि धमाधम फर्कन थाल्नुभएको छ । यही क्रममा रुपन्देही इञ्चार्ज डा. बालकृष्ण चापागाईं एमाले फर्कनुभएको छ ।

पूर्वमन्त्रीसहित जसपाका यी चर्चित नेताले रोजे एमाले

पूर्वमन्त्री खोभारी रायसहित जनता समाजवादी पार्टीकाचर्चित नेताहरू नेकपा एमाले प्रवेश गर्नुभएको छ । एमाले अध्यक्ष केपीशर्मा ओली र महासचिव शंकर पोखरेललाई भेट गरी असोज ३ गते रायसहित जसपाका चर्चितनेताहरू एमाले प्रवेश गर्नुभएको हो । यसरी एमाले प्रवेश गर्ने नेताहरूमा सुनितादेवी यादव , धिरेन्द्र राय, राजमोहन राय, रामप्रवेश रायलगायत छन । उहाँहरूले केपी ओलीको नेतृत्वमा मात्रै तराइ र नेपालको बिकास सम्भव हुने प्रस्ट तस्वीर आइसकेकोले एमाले रोजेको बताउनु भयो ।

सिंगो टीमसहित राप्रपाका केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष एमाले प्रवेश

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य र दैलेख जिल्ला अध्यक्ष सिंगो टीमसहित नेकपा एमालेमा प्रवेश गरेका छन । आफ्नो साथमा रहेका जिल्लाका दर्जनौं कार्यकर्तासहित राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय सदस्य धीरजकुमार शाही र दैलेख जिल्लाका अध्यक्ष नवीनकुमार शाही आज नेकपा एमालेमा प्रवेश गर्नुभएको हो ।

एमाले पार्टी कार्यालय च्यासल ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा महासचिव शंकर पोखरेलले शाहीसहितका नवप्रवेसी नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्नुभएको थियो ।

जसपा नेतृ अमृता अगहरी
एमालेप्रतिको आकर्षण तराईमा निकै बढेको छ । जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिकी सदस्य तथा निवर्तमान सांसद अम्रिता अग्रहरी नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा उहाँलाइृ स्वागत गरिएको थियो ।

जसपाका दुई सांसदसहित सयौं नेता कार्यकर्ता प्रवेश

मधेसमा नेकपा एमालेप्रतिको आकर्षण बढ्दो छ । जनता समाजवादी पार्टी (जसपा) का दुई सांसद पार्टी छाडेर भदौ २७ गते एमाले प्रवेश गर्नुभएको हो । जनकपुरमा आयोजित एक कार्यक्रममा प्रतिनिधिसभा सदस्य रुही नाज र प्रदेश २ सभा सदस्य अञ्जुकुमारी यादव एमालेमा आउनुभएको हो ।

उनीहरूलाई एमाले अध्यक्ष केपी ओलीले पार्टीमा स्वागत गर्नुभएको हो । दुवैजना जसपाका केन्द्रीय सदस्य पनि हो । त्यस्तै पार्टी प्रवेश कार्यक्रममा विभिन्न दलका सयौं नेता तथा कार्यकर्ता एमाले प्रवेश गर्नुभएको हो । रुहीनाज सर्लाही र अञ्जुकुमारी पर्साको हुनुहुन्छ । राजपाबाट प्रदेशमा समानुपातिक सांसद बन्नुभएको अञ्जुले पछि जसपा रोज्नुभएको थियो ।

सिरहामा राम बल्लभ साहसहित विभिन्न पार्टीका नेता कार्यकर्ता एमाले प्रवेश

यसैगरी सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा जसपा नेता राम बल्लभ साह नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

देउवाले देश वर्वाद गरे भन्दै कांग्रेसका सन्तोष यादव एमाले प्रवेश

मधेशमा नेपाल कांग्रेसका प्रभावशाली प्रदेश नेता सन्तोष यादवले पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । जनकपुरमा आयोजित नेपाल बौद्धिक परिषद मधेस प्रदेशको प्रथम अधिवेशनमा यादवलगायतलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नुभयो ।

यादवले सत्ता गठबन्धनलाई ठगबन्धनको संज्ञा दिनुभयो । विचार र सिद्धान्त केही नमिल्ने र यो क्षणिक भएको भन्दै यादवले भन्नुभयो, ‘गठबन्धन ठगबन्धन हो झुटाहरुको । न विचार न सिद्धान्त मिल्छ । क्षणिक दिनको गठबन्धन हो । यही चुनावमा जनताले मुहतोड जवाफ दिनेछन । कांग्रेसको भण्डाफोर गर्दै एमालेमा लागेका यादवले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रश्नसमेत गयादवले देउवाले देश बर्वाद पारेको बताउनु भयो । ‘शेरबहादुर दाई के मिल्यो प्रचण्ड र उपेन्द्र यादवसंग गठबन्धन गरेर ? तपाई देश बर्बाद गर्दै हुनुहुन्छ,’ यादवको प्रश्न थियो ।

लोसपा प्रमुख सचेतक अरगरिया एमाले प्रवेश गर्दै

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रमुख सचेतक तथा पूर्वमन्त्री उमाशंकर अरगरिया नेकपा एमालेमा प्रवेश गर्ने निर्णय गरिसक्नु भएको छ ।

नेता अरगरिया एमालेमा प्रवेश गर्ने कुराको टुङ्गो लागिसकेको छ । अरगरियालाई पार्टीमा प्रवेश गराउन एमाले अध्यक्ष केपी शर्मा ओली असोज ८ गते धनुषा जाने तय भएको छ । लोसपाकै नेता तथा पूर्वमन्त्री हेमराज राईसहित जसपाका १२२ जना नेता कार्यकर्ता पनि एमाले प्रवेश गरिसकेका छन ।

एमाले अध्यक्ष केपी शर्मा ओली उपमहासचिव प्रदीप ज्ञवालीलगायतका नेताले उहाँहरूलाई टीका र खादा लगाएर स्वागत गर्नुभएको थियो ।
राईसहित केन्द्रीय सदस्यहरू १० जना, केन्द्रीय निकायका २ जना, संघीय परिषद् सदस्यहरू १० जना, प्रदेश समिति पदाधिकारी तथा सदस्यहरू १९ जना, जनसंगठन केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरू ११ जना र जिल्ला तथा स्थानीय तह समितिका पदाधिकारी साथै सदस्यहरू ४५ जना छन् ।

एमालेमै फर्किए नेकपा एसका केन्द्रीय सदस्य डा बालकृष्ण चापागाई

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य डा बालकृष्ण चापागाई नेकपा एमालेमै फर्किनु भएको छ । प्रेस चौतारी नेपालका पूर्वअध्यक्षसमेत रहनुभएका नेकपा एसका नेता चापागाईं भदौ २६ गते एमाले अध्यक्ष केपी शर्माको निवास भक्तपुरको बालकोट पुगेर एमालेमै फर्किनु भएको हो ।

एमाले उपाध्यक्ष विष्णु पौडेल र युवा उद्यमी शशी पौडेलसँगै बलकोट पुगेका डा चापाई अबको दिनमा एमालेको नीति, बिचार सिद्धान्तबोकेर हिड्ने बताउनु भयो । उहाँले समाजवादीका नाममा एक वर्ष खेर गएको कटु तथ्य पनि राख्नुभयो । सो क्रममा अध्यक्ष ओलीलेचापागाईलाई एमालेमा स्वागत गर्दै नेपाली जनताको समृद्धिकत्र सपना पूरा गर्ने अभियानमा लाग्न आग्रह गर्नुभयो ।