जनता टाइम्स

९ आश्विन २०७९, आईतवार ०९:१४

कांग्रेसको समानुपातिक सूचीमा नेताका आफन्त मात्रै, यी हुन ११० उम्मेदवार (सूचीसहित)


काठमाडौं, असोज ९ । सत्तारुढ नेपाली कांग्रेसले नेताका पत्नीलाई पहिलो प्राथमिकतामा राखेर समानुपातिक सूची बुझाएको पाइएको छ ।

सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवा र गृहमन्त्री बालकृष्ण खाणकी पत्नी मञ्जु खाणलाई पहिलो र दोस्रो नम्बरमा राखेर कांग्रेसले समानुपातिक सूची बुझाएको पाइएको हो ।

यस्तै पूर्वराष्ट्रपति डा. रामबरण यादवका छोरा डा. चन्द्रमोहन यादवलाई पनि समानुपातिक सूचीमा राखिएको छ । समानुपातिक सूचीप्रति डा. शेखर कोइराला समुहले कडा आपत्ति जनाउँदै नसिच्चए बिद्रोहको चेतावनी दिएको छ ।