जनता टाइम्स

१० आश्विन २०७९, सोमबार १७:२८

आफ्नै पार्टीका बरिष्ठ नेताले पारे माधवलाई नांगेझार


काठमाडौं, असोज १० । नेकपा एकीकृत समाजवादीका बरिष्ठ नेता मुकुन्द न्यौपानेले अध्यक्ष माधवकुमार नेपालमा सुधारको कुनै संकेत नदेखिएको र झनै बदमास बनेको तथ्य खोल्नुभएको छ ।

आफूहरुसहित नेकपा एमालेको नेता–कार्यकर्तालाई माधवले बिधि र पद्धतीको लागि बिद्रोह गराएको भएपनि आफै बिधि पद्धती मास्ने मतियार बनेर झनै बदमास बनेको तथ्य न्यौपानेले राख्नुभएको हो ।

न्यौपाने नेकपा एकीकृत समाजवादीमा तेस्रो बरियताका नेता हुनुहुन्छ । अध्यक्ष नेपालपछि सम्मानित नेता झलनाथ खनाल र त्यसपछि न्यौपाने रहनुभएको छ । न्यौपानेले माधवको शैली र स्खलित कम्युनिष्ट चरित्र उदांगो पार्दै उहाँ झुटको बादशाह रहेको प्रमाणित भएको तथ्य पनि राख्नुभएको छ ।

नेता न्यौपानेले पार्टी सञ्चालन विधि र माओवादीसँग सम्भावित एकताबारे निरन्तर असन्तुष्टि जनाउदै आउनु भएको छ । माधवले माओवादीमा बिलय गराउने अभियान चलाएपछि उहाँ रुष्ट देखिनुभएको हो । सामाजिक सञ्जालबाट असन्तुष्टि जनाइरहेका न्यौपानेले आइतबार पुनः माधवमाथि प्रश्न उठाउनु भएको छ । न्यौपानेले भन्नुभएको छ, ‘एमालेबाट गरिएको विद्रोह प्रवृत्तिका विरुद्ध थियो कि व्यक्तिगत पद प्राप्तिका लागि ?’

उहाँले माधव नेपाल बिििध र पद्धती मान्ने मान्छे नै नभएको पनि उहाँको निश्कर्ष छ । न्यौपानेले लेख्नुभएको छ, ‘केपी ओली प्रवृत्तिविरुद्ध विद्रोह गरौं भनेर अनि आफूले पार्टी सञ्चालन, कमिटी परिचालन विधि र पद्धतिमा केपी ओलीभन्दा निम्नस्तरमा झरेर विधि पद्धतिको उल्लंघन गर्ने हो भने यस्तोमा कार्यकर्ताले के गर्ने ? हाम्रो विद्रोह प्रवृत्तिका विरुद्धमा थियो कि व्यक्तिगत पद प्राप्तिका लागि थियो ?’

उहाँको यो भनाईले माधव नेपालको मुखुण्डो च्यातिएको छ । न्यौपानेले माओवादीसँग एकता गर्ने तथा एकता संयोजन समिति बनाउने निर्णयको समेत विरोध गर्नुभएको छ । संयुक्त घोषणापत्रमा चुनाव लड्ने कुरामा समेत न्यौपानेको आपत्ति रहेको छ । माधवले गत बर्षको भदौंमा एमालेबाट बिद्रोह भन्दै नेकपा एकीकृत समाजवादी खोल्नुभएको थियो ।

सो पार्टी चुनावलगत्तै नेकपा माओवादी केन्द्रमा बिलय गराउने माधवको योजना छ । आफूतिर रहेका सवै नेता कार्यकर्ता एमालेमै फर्कने भएपछि केही थान भएपनि माओवादीतिर मिसाएर एमालेमा सवै फर्कन नदिने माधवको योजना रहेको छ । न्यौपानको असन्तुष्टिले यसैलाई उजागर गरेको सोही पार्टीका एक पदाधिकारीले जनताटाइम्स डटकमलाई बताए ।

‘माधव कमरेडको योजना माओवादीमा बिलय गराउने रहेको तथ्य खुलेपछि मुकुन्द कमरेडसहित अधिकांश नेताहरु बिपक्षमा उभिएका छन, सवै माओवादीमा बिलय भन्दा एमालेमै फर्कनु उचित हुन्छ भन्दै छलफल गरिरहेका छन, मुकुन्द कमरेडको अभिब्यक्ति यसैको प्रमाण हो,’ जनताटाम्इस डटकमको जिज्ञासामा ती पदाधिकारीले भने ।