जनता टाइम्स

११ आश्विन २०७९, मंगलवार १४:५६

नेपालमा बाक्लिदो अमेरिकी भ्रमण : सहायकमन्त्री एलिजाबेथ भोलि नेपाल आउँदै


काठमाडौं, ११ असोज । अमेरिकाको विश्वव्यापी सार्वजनिक मामिलासम्बन्धी कार्यवाहक सहायकमन्त्री एलिजाबेथ केनेडी ट्रुडो बुधवार नेपाल आउदै हुनुहुन्छ । उहाँ नेपालसहित युएई, उज्वेकिस्थान र किर्गिज रिपब्लिकको १२ दिने भ्रमणमा रहेको अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपालमा उहाँले सीमान्त समूहका अभियन्ता, सञ्चारमाध्यम तथा विगतमा भएका आदनप्रदान कार्यक्रमका पूर्व सहभागीहरूसँग राउन्टेबल छलफलमा सहभागी हुने कार्यक्रम छ ।यसबाहेक गलत सूचना तथा लोकतन्त्रमा मिडियाको भूमिका विषयक कार्यक्रममा पनि उनको सहभागिता रहने विज्ञप्तिमा जनाइएको छ ।