जनता टाइम्स

११ आश्विन २०७९, मंगलवार १९:२७

अञ्जन विष्टको : ह्याट्रिक मा नेपालको सहज जित


काठमाडौं, ११ असोज ।  बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले सहज जित निकालेको छ । दशरथ रङ्गशालामा भएको खेलमा नेपालले बंगलादेशलाई तीन–एकले हरायो ।

नेपालको जितमा फरवार्ड अञ्जन विष्टले ह्याट्रिक गरे । उनले खेलको पहिलो हाफमै ह्याट्रिक पूरा गरेका हुन् । उनले खेलको १८ औँ, २७ औँ र ३८ औँ मिनेटमा गोल गरे ।

योसँगै अञ्जन विष्ट राष्ट्रिय फुटबल टोलीबाट ह्याट्रिक पूरा गर्ने छैटौँ खेलाडी बनेका छन् । यस्तै उनले गोल सङ्ख्या १० पुर्‍याएका छन् ।

यस्तै बंगलादेशका लागि खेलको ५७ औँ मिनेटमा मोहम्मद टुटुल हुसेन बादशाहले सान्त्वना गोल गरे ।

यो खेलसँगै नेपाल र बंगलादेशबीच अहिलेसम्म २७ पटक भेट हुदा बंगलादेश १४ खेलमा विजयी भएको छ । यस्तै नेपाल आठ खेलमा विजयी हुँदा पाँच खेल बराबरीमा सकिएको छ ।