काठमाडौं, असोज १४ । सत्तारुढ नेपाली कांग्रेसले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ ८२ निर्वाचन क्षेत्रमा नेकपा एमालेलाई वाकओभर दिएको छ । चुनावमा जसैगरी पनि जित्न नसकिने निश्कर्षका साथ कांग्रेसले १६५ मध्ये ८२ निर्वाचन क्षेत्रमा वाकओभर दिएको हो ।
आगामी निर्वाचनमा कांग्रेसले ८३ निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवार उठाउने र बाँकीमा अरु दललाईदिने गरी समहति गरेको हो । आगामी मंसिर ४ मा हुने आम निर्वाचनका लागि सत्ता गठबन्धनमा सहभागी दलहरूले सिट बाँडफाँट लगभग टुंगोमा पुर्याएको बताएका छन ।
गठबन्धनका नेताहरुले सिट बाँडफाँट कार्यदलका एक सदस्यका अनुसार १६५ संघीय निर्वाचन क्षेत्रमध्ये १४८ क्षेत्रको सिट बाँडफाँट टुंगिएको बताएका छन । सहमति भएका क्षेत्रमध्ये हालसम्म नेपाली कांग्रेसले ८३ सिट, नेकपा माओवादी केन्द्रले ३६ सिट, नेकपा एकीकृत समाजवादीले १४ सिट, जनता समाजवादी पार्टीले १३ सिट र राष्ट्रिय जनमोर्चाले २ सिटको टुंगो लागेको छ ।
सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रले पाउँने ३६ सिटमा सहमति जुटेको छ । जसअनुसार झापा २, ५, भोजपुर, मोरङ ४, ५, सोलुखुम्बु, उदयपुर २, सिरहा ३, धनुषा १, महोत्तरी १, सर्लाही ३, सिन्धुली १, नुवाकोट १, काठमाडौं २, काठमाडौं ९, काभ्रे १, सिन्धुपाल्चोक १, चितवन ३, गोरखा २, लमजुङ कास्की १ वा ३, बागलुङ २ मा माओवादीले पाउने सहमति भएको छ ।
यस्तै कपिलबस्तु १, रुकुम पूर्व, रोल्पा, दाङ २, बाँके १, बर्दिया २, नवलपरासी पश्चिम १,जुम्ला, कालीकोट, जाजरकोट, हुम्ला, रुकुम पश्चिम, कैलाली २ र ३ बैतडी, कञ्चनपुर १ मा माओवादीले टिकट पाउने सहमति जुटेको छ। यस्तै सहमतिअनुसार जनता समाजवादी पार्टी (जसपा) लाई छाडेर सुनसरी १, सप्तरी, १, सिरहा ४, महोत्तरी ४, सर्लाही १, रौतहट ३, बारा २ र ३, पर्सा १ र २, काठमाडौं ७, बाँके र सप्तरी २ पनि कांग्रेसले वाकओभर दिएको छ ।
यी हुन कांग्रेसले लिएको क्षेत्र
कांग्रेसले पाउने निर्वाचन क्षेत्रमा कञ्चनपुर– २ र ३, डडेलधुरा, दार्चुला, कैलाली– १, ४, ५, अछाम –२, बाजुरा, सुर्खेत– १ र २, दैलेख – २, मुगु, नवलपरासी पश्चिम –२, बर्दिया– १ रहेको छ। यसैगरी चितवन – १ र २, गोरखा – १, कास्की– १, तनहुँ– १ र २, स्याङ्जा– १ र २, नवलपरासी पूर्व– १ र २, मनाङ, म्याग्दी, पर्वत, गुल्मी– १, पाल्पा– १, अर्घाखाँची, रुपन्देही – ३,४ र ५, कपिलबस्तु – २, ३, दाङ– ३ र बाँके – ३ निर्वाचन क्षेत्रबाट पनि कांग्रेसले उम्मेदवारी दिने गठबन्धनमा सहमति भएको छ।
यसैगरी पाँचथर, इलाम–२, झापा – १,३ र ४, संखुवासभा, तेह्रथुम, धनकुटा, मोरङ–१,२,३ र ६, सुनसरी – २,३ र ४, ओखलढुंगा, उदयपुर – १, सप्तरी –३, ४, सिरहा – १, २ धनुषा– २, ३ र ४ महोत्तरी – २ र ३ निर्वाचन क्षेत्र पनि कांग्रेसले पाउने सहमति भएको छ ।
यस्तै सर्लाही – ४, बारा– १, पर्सा –३ र ४, सिन्धुली–१, रसुवा, धादिङ – २, नुवाकोट –२, काठमाडौं – १, १०, ३,४,५,६, भक्तपुर – १ र २, ललितपुर – १, काभ्रे –२ सिन्धुपाल्चोक – २ र मकवानपुर– १ कांग्रेसको भागमा परेको छ ।
यस्तै गठबन्धनमा भएको सहमति अनुसार नेकपा एकीकृत समाजवादीले इलाम १, रौतहट १, बारा ४, धादिङ १, काठमाडौं ८, ललितपुर २, मकवानपुर २, कास्की २, गुल्मी २, पाल्पा २, रुपन्देही २, दाङ १, डोल्पा, दैलेख १, अछाम १, बझाङ र डोटीको निर्वाचन क्षेत्र पाउने लगभग सहमति भएको छ ।
प्रतिक्रिया दिनुहोस्