जनता टाइम्स

१३ आश्विन २०७९, बिहीबार १७:५६

राष्ट्रपतिले टीका लगाइदिने तालिका : विशिष्टलाई एक घण्टा, सर्वसाधारणलाई दुई घण्टा


काठमाडौं, १३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले दसैँको टीका लगाइदिने तालिका सार्वजनिक भएको छ । बिहीबार राष्ट्रपतिको कार्यालयले विभिन्न उच्च ओहदाका सरकारी अधिकारी र सर्वसाधारणका लागि छुट्टाछुट्टै तालिका सार्वजनिक गरेको हो ।

तालिका अनुसार विशिष्ट व्यक्तिहरूका लागि असोज १९ गते दिउँसो २ देखि ३ बजेसम्मको समय तय गरिएको छ । सर्वसाधारणका लागि ३ देखि अपराह्न ५ बजेसम्मको समय तय गरिएको छ ।