जनता टाइम्स

१३ आश्विन २०७९, बिहीबार १८:४१

धनगढीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु


धनगढी, १३ असोज । कैलालीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको ज्यान गएको छ । जिल्लाको गौरीगंगा नगरपालिका–४ राजीपुर बस्ने ५२ वर्षीया जयकला खत्रीको माटोको ढिस्कोले पुरिएर बुधबार साँझ मृत्यु भएको हो ।

सोही ठाउँस्थित जनता आधारभूत विद्यालयको जमिनमा घर पोत्नको लागि माटो खन्ने क्रममा अचानक माटोको ढिस्को खसेर उहाँ पुरिनुभएको थियो । त्यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।