जनता टाइम्स

१४ आश्विन २०७९, शुक्रबार १०:१९

आजको मौसम पूर्वानुमान : यी स्थानमा वर्षाको सम्भावना


काठमाडौं, १४ असोज । आज प्रदेश १, बागमती र गण्डकीसहित बाँकी प्रदेशमा वर्षाको सम्भावना रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार राति प्रदेश १, मधेस र गण्डकीका थोरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा वर्षा हुनेछ ।

बुधबार प्रदेश १, बागमती र गण्डकीका थोरै स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ् सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ ।