जनता टाइम्स

१४ आश्विन २०७९, शुक्रबार १४:२०

पूर्वमन्त्री शेरबहादुरको आक्रोश : डेंगु नियन्त्रणमा सरकार यति धेरै उदासिन किन ?


काठमाडौं, असोज १४ । नेकपा एमालेका नेता तथा पूर्वस्वास्थ्य मन्त्री शेरबहादुर तामाङले डेंगु निण्न्त्रणमा सरकार गैर जिम्मेवार बनेको भन्दै कडा आपत्ति जनाउनु भएको छ ।

पूर्ववर्ती सरकारले जनताको ज्यानलाई पहिलो प्राथमिकतामा राखेर कोभिड नियन्त्रण गरेको स्मरण गराउँदै पूर्वमन्त्री तामाङले बर्तमान सरकार डेंगुले महामारी रुप लिँदासमेत कानमा तेल हालेर बसेको भन्दै कडा आपत्ति जनाउनु भएको हो ।

अहिले नेपाल डेङ्युको उच्च जोखिमा परेको छ । यस रोगको संक्रमण भयावह रुपमा फैलिरहेको छ । डेङ्युका कारण सर्वसाधारण जनतामा त्रास फैलिरहेको छ । यसको रोकथामको पर्याप्त सतर्कता अहिले पनि अपनाउन सकिरहेको छैन । दिनानुदिन फैलिरहेको डेङ्युनियन्त्रणको लागि संघीय सरकारले कुनै प्रभावकारी कदम चालेको देखिएन,’ तामाङले आज बिज्ञप्ती जारी गर्दै भन्नुभएको छ ।

पूर्वमन्त्री तामाङले सरकार चुनावी सिट बाँडफाँटमा लागेर जनताको स्वस्थ्प्रति बिल्कुलै चासो नदिएको पनि बताउनु भएको छ । ‘दिनदिनै गठबन्धनको सिट बाँडफाँडमा बालुवाटारमा व्यस्त सरकारका प्रतिनिधिहरु जनताको स्वास्थ्य प्रति विल्कुलै उदासिन हुनु दुर्भाग्य हो । कोभिडको समयमा केपी ओली नेतृत्वको सरकार हुँदा कोभिड नियन्त्रण बारेमा केपी ओलीलाई आलोचना गर्न नथाक्नेहरु आज डेङ्यु नियन्त्रणमा किन चुक्दैछ ? स्मरण रहोस केपी शर्मा ओली नेतृत्वको सरकारले नै कोभिडको नियन्त्रण गरिएको हो,’ तामाङले भन्नुभएको छ ।

बिज्ञप्तीको पूर्णपाठ

अहिले नेपाल डेङ्युको उच्च जोखिमा परेको छ । यस रोगको संक्रमण भयावह रुपमा फैलिरहेको छ । डेङ्युका कारण सर्वसाधारण जनतामा त्रास फैलिरहेको छ । यसको रोकथामको पर्याप्त सतर्कता अहिले पनि अपनाउन सकिरहेको छैन । दिनानुदिन फैलिरहेको डेङ्युनियन्त्रणको लागि संघीय सरकारले कुनै प्रभावकारी कदम चालेको देखिएन । दिनदिनै गठबन्धनको सिट बाँडफाँडमा बालुवाटारमा व्यस्त सरकारका प्रतिनिधिहरु जनताको स्वास्थ्य प्रति विल्कुलै उदासिन हुनु दुर्भाग्य हो ।

कोभिडको समयमा केपी ओली नेतृत्वको सरकार हुँदा कोभिड नियन्त्रण बारेमा केपी ओलीलाई आलोचना गर्न नथाक्नेहरु आज डेङ्यु नियन्त्रणमा किन चुक्दैछ ? स्मरण रहोस केपी नेतृत्वको सरकारले नै कोभिडको नियन्त्रण गरिएको हो । म आफैं स्वास्थ्य मन्त्रि भएको बेला कोभिड खोप अनुदानमा ल्याउने र खरिद गर्ने सम्झौता भएर सोही मुताविक हामीले खोप ल्याएका हौं । सोही खोप लगाएर आज छिटफुट कोभिड केही बाँकी भए पनि हामी आमरुपमा कोभिड मुक्त भएका छौं । एक व्यक्तिबाट अर्को व्यक्तिमा सिधै सर्ने कोभिड नियन्त्रण त हामीले गर्न सक्यौं भने आज लामखुट्टेका कारण अप्रत्यक्ष रुपमा सर्ने रोगको नियन्त्रणमा सरकार यति धेरै किन उदासिन छ ? जनताको स्वास्थ्यभन्दा ठूलो तपाँईहरुको दिनदिनको सिट बाँडफाँड बैठक होईन ।

पहिले जनताको स्वास्थ्यको ख्याल गरियोस । तत्काल डेङ्युनियन्त्रण सम्बन्धी प्रभावकारी कदम चाल्न सरकारसंग जोडदार माग गर्दछु । आम नागरिकमा समेत यो अप्रत्यक्ष रुपमा सर्ने भएका कारण यसलाई ख्यालख्यालमा नलिन म हार्दिक आग्रह गर्दछु । विज्ञ तथा डाक्टरहरुका अनुसार यो धेरै जटिल र हानिकारक रोग हो । यसले मानिसको ज्यान समेत लिने भएकाले यसको नियन्त्रण अनिवार्य छ । तसर्थ आम नागरिकले डेङ्यु सम्बन्धी स्वास्थ्य निर्देशिका पालना गर्नु अनिवार्य छ । नेकपा (एमाले) का कार्यकर्ताहरुले आउँदै गरेको बडा दशैंलाई डेङ्युका नियन्त्रणको काममा उपयोग गर्न हार्दिक अपिल गर्दछु ।

यो रोगको रोकथामको लागि लामखुट्टे नियन्त्रण अनिवार्य भएकाले घर वरिपरि पानी जमेका खाल्डाखुल्डी पुर्ने, घरमै रहेका पानी जमेर बसेका ठाउँहरु सफा गर्ने, सकेसम्म लामखुट्टेको फैलावट हुन सक्ने सम्भावित ठाउँहरुको पहिचान गरी नष्ट गर्नु नै यस रोगको रोकथाम हो । यस महत्वपूर्ण कार्यमा सबैको सहयोगको अपेक्षा सहित अपिल गर्दछु । वडा दशैं रोग मुक्त भएर खुशीयाली सहित मनाउने वातावरण बन्न सकोस । वडा दशैं २०७९ को सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । धन्यवाद !