जनता टाइम्स

१४ आश्विन २०७९, शुक्रबार १४:४५

प्रचण्डपथमा रुपान्तरण भएको सिद्धान्तहीन कांग्रेसबाट मुलुकको हित संभव छैन : रवीन्द्र मिश्र


काठमाडौं, असोज १४ । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपाली कांग्रेस सिद्धान्तहीन भएको भन्दै प्रचण्डीकरण भएर देशको हित हुन नसक्ने बताउनु भएको छ ।

पार्टीका तर्फबाट आज प्रतिनिधिसभातर्फ काठमाडौं क्षेत्र नम्बर १ मा आफ्नो उम्मेदवारी घोषणा गर्दै बरिष्ठ उपाध्यक्ष मिश्रले आफूले ३० वर्षभन्दा पछिका पुस्ताका लागि राजनीति गरेको बताउनु भयो ।

क्षेत्र नम्बर १ का मतदाता कहाँ जाँदा आफूले पाउने गाली ताली सबै स्वीकार्य हुने भन्दै मिश्रले आफू निर्वाचित भएमा सो क्षेत्रका मतदाताले गर्व गर्न सक्नेगरी काम गर्ने जिकिर गर्नुभयो ।

नेता मिश्रले भन्नुभयो, ‘यो देश तपाईँ र मेरो पुस्तालाई रजाई गर भनेर कसैले दिएको होइन। हामीभन्दा मुनिका पुस्तालाई पनि हेर्नुपर्छ । आफैँले निर्माण गरेको विवेकशील साझा आफूले गतिशीलताका लागि छाडेको पनि सो क्रममा बताउनु भयो ।

उहाँले कांग्रेसमा बीपी, गणेशमान र किसुनजीको आदर्श हराएको उल्लेख गर्दै भन्नुभयो, ‘नेपाली कांग्रेसमा प्रचण्डीकरण भयो । बीपी, किसुनजी, गणेशमानको आदर्श कांग्रेसले छाडेको हो । ८ वर्ष जेल बस्ने बीपीले राजाको विरोध कहिल्यै गरेनन् । कृष्णप्रसाद १४ वर्ष जेल बस्दा कहिल्यै राजाको विपक्षमा हुनुभएन ।’

बीपी, गणेशमान र कृष्णप्रसादको आदर्श मान्ने कांग्रेसीप्रति आफ्नो सम्मान भएपनि जो प्रचण्डकीकरण भए उनीहरुप्रति सम्मान नरहेको मिश्रले बताउनु भयो ।