जनता टाइम्स

१५ आश्विन २०७९, शनिबार १७:४३

केटा फसाउन बलात्कारको झुटो उजुरी दिएपछि


भक्तपुर, असोज १५ । भक्तपुर प्रहरीले बलात्कार अभियोगमा उजुरी दर्ता गराएकी एक युवतीलाई पक्राउ गरेको छ । फसाउने नियतका साथ झुटो आरोपमा उजुरी दिएको पाइएपछि प्रहरीले बलात्कृत भनिएकी युवतीलाई नै पक्राउ गरेको हो ।

भक्तपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) राजु पाण्डेका अनुसार नवलपरासी बर्दघाट चिसापानी घर भई काठमाडौंको जडिबुटी डेरा गरी बस्ने ३४ वर्षीया ती युवतीलाई पक्राउ गरिएको हो ।

ती युवतीले आफूलाई एक पुरूषले भक्तपुरको लोकन्थलीमा ल्याएर अचेत बनाएर बलात्कार गरेको भन्दै प्रहरी वृत्त ठिमीमा उजुरी दिएकी थिइन । उक्त जाहेरीमाथि अनुसन्धान हुँदा कुनै घटना नै नभएको पाइएपछि युवतीलाई नै पक्राउ गरिएको प्रहरीले बताएको छ ।

डिएसपी पाण्डेका अनुसार ती महिलाले पुरूषलाई फसाउने नियतले कपोकल्पित घटना बनाएर जाहेरी दिएको पाइएको छ । प्रहरीले महिलालाई वृत्त ठिमीबाट नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ ।