जनता टाइम्स

१५ आश्विन २०७९, शनिबार १७:५८

बरु राजनिति छोड्छु एमाले छोड्दिन : द्वारिकलाल चौधरी


काठमाडौं, असोज १५ । इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरीले आफूबिरुद्ध केही मिडियाले सुनियोजित रुपमा फेक न्यूज बनाएको तथ्य खोल्नुभएको छ ।

आफ्नो नीजि कामका लागि अन्य पार्टीका साथीहरुसँग काठमाडौं आउँदा केही मिडियाले सुनियोजित रुपमा नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने अफवाह फैलाएको चौधरीले बताउनु भएको हो ।

आज केही सञ्चार माध्यमले योजनावद्ध रुपमा चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्न काठमाडौं हिडेको भन्दै समाचार प्रशारण गरेका थिए । चौधरीले सो समाचार सतप्रतिशत झुटो रहेको सामाजिक सञ्जालमार्फत प्रष्ट पार्नुभएको छ ।

‘बरु राजनिति छोड्छु एमाले छोड्दिन । एमालेभित्रै बसेर सङ्घर्ष गर्छु । धन्याबाद,’ चौधरीले लेख्नुभएको छ, ‘म निजि कामले अन्य दलको साथीहरुसग काठमाडौ हिड्न नहुने ?’ नेकपा माओवादी केन्द्र निकट केही मिडिया र गठबन्धनलाई सघाउने मिडियाहरुले चौधरी माओवादीमा प्रवेश गर्न लागेको भन्दै समाचार दिएका थिए ।

चौधरीको यो भनाईले सो समाचार शतप्रतिशत झुटो र अफवाह फैलाउने रचिएको चक्रब्यूह सावित भएको छ ।