जनता टाइम्स

१७ आश्विन २०७९, सोमबार १६:५९

बस र ट्रक जुध्दा १५ घाइते, ५ जनाको अवस्था गम्भीर


कैलाली, १७ असोज । कैलालीबाट बझाङका लागि छुटेको बस र बझाङबाट धनगढीतर्फ गईरहेको ट्रक एक आपसमा ठोक्किदा कम्तीमा १५ जना घाईते भएका छन् । डडेल्धुराको आलिताल गाउँपालिका क १ मा पर्ने गङखेत भन्ने स्थानमा दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

ट्राफिक प्रहरीका अनुसार सदूरपश्चिम यातायातको ना ५ख ६७३४ नम्बरको बस र से१ख ८७८ नम्बरको ठोक्किएको हो । दुर्घटनामा परी घाईते भएकामध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइते २ जनालाई धनगढी र २ जनालाई जिल्ला अस्पताल डडेल्धुरा पठाइएको प्रहरीले जनाएको छ । बसमा २४ जना सवार थिए ।