जनता टाइम्स

१९ आश्विन २०७९, बुधबार ०९:४८

झापा दमकमा अध्यक्ष ओलीको टिका ग्रहण


दमक, १९ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बडा दशैंको टिका दमकस्थित आफ्नै निवासमा ग्रहण गर्नुहुनेभएको छ । अध्यक्ष ओलीका बुबा मोहनप्रसाद ओलीबाट उहाँ र श्रीमती राधिका शाक्यले टिकाको साइत ११.५१ बजे दमकस्थित निवासमै टिका ग्रहणको कार्यक्रम रहेको छ।

अध्यक्ष ओलीले अहिले ९ बजे देखि १० बजेसम्म इच्छुक सर्वसाधरणलाई टिका लगाइदिँदै हुनुहुन्छ । तीन दिनदेखि झापामा रहनुभएको अध्यक्ष ओली आजै दिउँसो २ त्रजे भद्रपुरबाट काठमाडौं फर्कनुहुने भएको छ ।