काठमाडौ, २१ असोज । नेकपा (एमाले) ले ताप्लेजुङबाट प्रतिनिधि उम्मेवारमा योगेश भट्टराईलाई दोहोर्याएको छ भने प्युठानमा सुर्य थापा पहिलो पटक उम्मेदवार उम्मेदवार हुनुहुने भएको छ ।
एमालेको केन्द्रीय सचिवसमेत रहनुभएका भट्टराई अघिल्लो पटक पनि आफ्नै गृह जिल्ला ताप्लेजुङबाट भारी मतकासाथ विजयी हुनु भएको थियो । नेकपा विभाजन हुँदा माधव नेपाललाई साथ दिनु भएका भट्टराई पछि १० बुँदे सहमतिमार्फत एमाले फर्कनु भएको हो ।
त्यस्तै सुर्य थापाको सुरुवाती पृष्ठभूमि पत्रकारिता हो । एमालृ पोलिटब्युरो सदस्यसमेत रहनु भएका थापा नेकपाको सरकारको समयमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकार हुनुहुन्थ्यो ।
प्रतिक्रिया दिनुहोस्